इलाका प्रहरीद्धारा १ सय १३ केजी अवैध माछा नस्ट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

इलाका प्रहरीद्धारा १ सय १३ केजी अवैध माछा नस्ट

गोपाल कफ्ले/ पथरी, २९ साउन
भारतबाट विषाधी प्रयोग गरि लुकाई छिपाई ल्याएको ११३ केजि अवैध माछा इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरि नस्ट गरेको छ । मोरङकाे पथरी शनिश्चरे बजारमा बिक्री गर्न ल्याएको  अवैध माछा, मोटरसाईकल र एक ब्यात्तीलाई पक्राउ गरि सार्वजनीक गरेको छ । भारतबाट भन्सार छलि फर्मालिन विषाधी प्रयोग गरि ल्याएको माछा प्रहरीले आजै नष्ट गरेको छ ।

बजारमा बिक्रीका लागि ल्याइएको माछामा फर्मालिन  प्रयोग भएको पाइएको छ । माछामा बिषाधी प्रयोग भएको र खान नमिल्ने गनाएको अवस्थामा रहेको पथरी शनिश्चरे  नगरका पशु प्राविधिक जनक चौधरीले बताए । उत्त माछाहरु स्वास्थय बर्दक नरहेको साथै बातावरण प्रदुषण युक्त भएकाले नेपाल सरकारले प्रतिबन्ध गरेको चोधरीले बताए । नगरले नगर भित्र प्रबेश गर्ने यस्ता विषयमा अनुगमन नगरेको र चासो नलिएकाले भारतिय बजारबाट भन्सार छलिका सामान नेपाली बजारमा सहजै आउने गरेको स्थानियको भनाई छ ।

खुल्ला बोडरका कारण विषाधी युत्त माछाँ पथरी बजारमा भित्रिने सुचना आए स‌गै डि एस पि मोहन विक्रम दाहालको नेत्रित्वमा निस्किएको गस्ति टोलिले माछा सिहत मान्छे र मोटर साइकल पक्राउ गरेको बताए । गोप्य सुचनाका आधारमा चेकिङमा निस्किएको टोलिले नम्वर प्लेट बेगरको मोटरसाईकलमा माछा लिएर आउदै गरेको अवस्थामा पक्राउ गरेको थियो । पथरी इलाकाले उद्योग बाणिज्य संघ र स्थानिउको रोहवरमा पत्रकार सम्मेलन गरि इलाका परिसरमा आजै उत्त माछा खाल्डो खनि पुरिएको छ ।

पथरीका माछा ब्यापारीले फर्मालिङ हालको माछा भन्सार छलि ल्याउने र पथरी शनिश्चरे बासिको स्वास्थमा गम्भिर खलवाड गरेको हुदा उक्ता कार्यमा सचेत रहन डि एस पि मोहन विक्रम दाहालले बताउनु भयो । पथरी इलाका समालेको एक महिना नबित्दै लागु औषध र भन्सार छलिका सामानमा कडाईका साथ उत्रिएका दाहालले शान्ति शुरक्षामा कमि हुन नदिने बताएका छन । यदि भन्सार छलि र अखाद्य बस्तु बेचेको पाईएमा कानुन बमोजिम कार्वाही हुने दाहालले बताए ।

सम्बन्धित खवर