कोशी प्रदेशका पाँच पालिकामा बृद्धिमुखी कार्यक्रम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

कोशी प्रदेशका पाँच पालिकामा बृद्धिमुखी कार्यक्रम

विराटनगर ।  २९ साउन,  कोशी प्रदेशका पाँचवटा पालिकामा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । पाँचवटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको छ ।
झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश को उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रममा प्रदेश सरकारले ४० लाख, पालिकाले २० लाख र दायित्वले १५ लाख रुपैयाँ यो कार्यक्रममा खर्च गर्नेछ । सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशिलता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले रोजगार बृद्धि गर्न र बजारीकरणको लागि प्रदेश सरकार लागिपरेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दावी गरे ।
कार्यक्रमबाट २०० व्यक्तिलाई उद्यामशिलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब १ लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा.पुकार मल्लले जानकारी दिए । कृषि मन्त्रालयका सचिव डा.लेखनाथ दाहालले यो कार्यक्रमलाई सफल बनाउन मन्त्रालय लागिपर्ने बताए । सम्झौता गर्नको लागि पालिकाका प्रमुख र उपप्रमुखहरु विराटनगर आएका थिए ।

सम्बन्धित खवर