स्काउट पथरी शनिश्चरेले निति विपरित रकम उठाउदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

स्काउट पथरी शनिश्चरेले निति विपरित रकम उठाउदै

गोपाल काफ्ले/पथरी, २६ साउन
नेपाल स्काउट जस्तो सामाजिक संस्थाले अभिभावक संग पैसा असुल्छ भन्दा तपाइलाई विश्वास लाग्छ ? तर पथरीशनिश्चरेमा स्काउटले भने विभिन्न वहाना वनाई अभिभावकवाट मोटो रकम असुुलिरहेको छ । पथरी शनिश्चरे स्काउटले पथरी शनिश्चरेका निजी तथा सामुदायीक विद्यालयमा अध्यायन गर्ने विद्यार्थीवाट एक हजार देखी ३ हजार ५ सय रुपयाँ सम्म रकम असुलेको अभिभावकहरुले गुनासो गरेका छन् ।

सामाजिक उत्तरदायीत्व बोकेको संस्थाले निति विपरित पैसा उठाउन थालेपछी स्काउट प्रतिको विश्वाश शंका पैदा भएको छ । आफ्नो कार्यक्रम सम्पन्न गर्नका लागी मनोमानी रुपमा विद्यार्थीबाट पैसा अशुल्न थालेपछि नेपाल स्काउट पथरी शनिश्चरेले ठगी गर्न थालेको अभिभावकले आरोप समेत लगाएका छन् ।

स्काउटकाे सेवा शुल्क उठाउन नपाउने तर स्थानिय पालिकाले बजेट ब्यावस्थापन नगरे स्कुल र अभिभावकको सहकार्यमा  पोसाकका लगि ब्यावस्थापन गर्न मिल्ने स्काउट प्रदेश साहायक कुशेश्वर रायाले बताए । यता नगरले स्काउट कार्यक्रम संन्चालनका लागी पाँच लाख वजेट विनियोजन गरे पनि स्काउटले विद्यार्थीवाट रकम असुलेको खवर बाहिरिएको छ ।

पथरी शनिश्चरे स्काउटले निति विपरित रकम उठाउन नपाउने पथरी शनिश्चरे नगर शिक्षा शाखाका अधिकृत नविन खुलालले बताए ।  बुढाथोकीले भने ‘निर्देशिका विपरित विद्यार्थीवाट रकम उठाउनु गलत हो, स्काउटमा पैसा उठाउन पाउने भन्ने व्यावस्था छैन्’ हामीले उठाएको थाहाँ पाए पछि सबै रकम फिर्ता गरेको शिक्षा शाखाका अधिकृत बुढाथोकीले बताए ।

पथरी शनिश्चरेका तिन सामुदायीक विद्यालय सिंहवाहिनी मावी, भागिरथ मावी र पञ्चायत मावीमा कार्यक्रम संञ्चालनमा आएको छ । पथरी शनिश्चरे स्काउट प्रत्येक विद्यालयवाट ३६ जना (१८ छात्रा र १८ छात्र) का दरले १०८ विद्यार्थी आवद्ध रहेका छन । पथरी शनिश्चरे स्काउटले प्रत्येक विद्यार्थीबाट पाँच सय देखि तिन हजार पाँच सय सम्म उठाएको छ । अघिल्लो वर्ष सुनाखरी माध्यमिक विद्यालयमा उत्त कार्यक्रम सम्पन्न भएको थियो । तर उत्त विद्यालयमा भने कुनै समस्या र गुनासो थिएन ।

सामुदायीक विद्यालयबाट एक हजार उठाएको स्काउटले निजी विद्यालयबाट ३५ सय हाराहारी उठाएको निजी विद्यालय विद्यार्थीहरु बताउछन । दुई बर्ष अघि भित्रिएको स्काउटले नगरका संस्थागत तथा सामुदायीक विद्यालयक ४२ जना शिक्षक शिक्षिकालाई राखेर तालिम दिइएको थियो । तालिम पनि पानिमा बालुवा सरह भएको एक शिक्षकले नाम नबताउने सर्तमा बताए । तालिम प्राप्त गरेका शिक्षक र विद्यालयहरुले हाल सम्म पनि विद्यालयमा स्काउटका गठन गर्न सकेका छैन्न ।

पथरी शनिश्चरे नगरपालिकाले यस आर्थीक वर्षमै मात्र स्काउट कार्यक्रम सञ्चालनका लागी नगद ५ लाख रुपयाँ विनियोजन गरिएको छ । स्काउटले यस वर्ष पञ्चायत मावीका विद्यार्थी संग १ हजारका दरले असुलेको छ भने निजी क्षेत्रको रेडस्टारका विद्यार्थीवाट ३ हजार ५ सय रुपयाँ रकम असुलेको छ । त्यस्तै भागीरथ मावीका विद्यार्थी  र सिंहवाहिनी मावीका विद्यार्थी संग पनि पोसाक र तालिमका नाममा पैसा उठाएको भन्ने हल्ला भैरहेको छ ।

स्काउट पथरीका आयुक्त रोशन वुढाथोकीले तिन सय पचाँस देखि चार सय सम्म पर्ने व्याच स्काफ र टोपीका लागी रकम संकलन गरेकने प्रतिकृया दिदै आएका छन । स्थानिय सरकारवाट वजेट विनियोजन भए पनि विद्यार्थीको समेत अपनत्व होस भनेर विद्यार्थीकै अभिभावकको सल्लाहमा पैसा उठाएको प्रतिकृया दिदै आएका छन । तर नगरपालिकाले नै वजेट विनियोजन गरेपछि फेरी विद्यार्थीवाट समेत रकम असुल्नुले अभिभावकलाई आर्थिक भार थपिएको एक अभिभावकले वताए । पञ्चायत मा विमा अध्यानरत विद्यार्थी संम्भव बास्कोटाका अभिभावक युवराज बास्कोटाका अनुसार निति विपरित स्काउटले पैसा उठाए पछि आफुले नतिरेको वताए ।

सम्बन्धित खवर