देव हस्दालाई ६० हजार रुपैयाँ सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

देव हस्दालाई ६० हजार रुपैयाँ सहयोग

श्रावण २२ मंगलबार/रबिन्द्र बराल
मोरङको रंगेली नगरपालीका ४ आमतोलाका देव हस्दालाई ६० हजार रुपैयाँ सहयोग उपलब्ध भएको छ । रंगेली नगरपालीका ४ बसोबास गर्दै आएका भयो हस्दाका १२ बर्षका छोरा देव हस्दा दुई महिना देखि आर्थिक अवस्थाका कारणले अस्पतालको सैयामा छटपटाइरहेको छन ।

हस्दा आर्थिक अभावमा उपचारबाट बन्चित भएको समाचार विभिन्न संन्चार माध्यमबाट प्रकाशित भए पछि एनआरएनए सेसेल्सले उपचारका लागि सहयोग गरेको हो । एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बि.क र महासचिव पंकज श्रेष्ठको पहलमा पुर्वि अफ्रीका सेसेल्समा कार्यरत नेपालीहरुको सामुहले सङ्कलित रकम देव हस्दाको आमा पार्वती हस्दालाई हस्तान्तरण गरिएको छ ।

नेपालीहरुले बालकको उपचारका लागि ६० हजार १ सय रुपैयाँ सङ्कलन गरेर पठाएका हुन । मंगलबार पिडित परिवारको घरमा पुगेर महासचिव पंकज श्रेष्ठको श्रीमती रंन्जना श्रेष्ठले ६० हजार रुपैयाँ र स्थानीय शान्ता श्रेष्ठले समेत बिरामीको उपचारका लागि आफ्नो तर्फबाट ५ सय रुपैयाँ समेत सहयोग गर्नु भएको थियो । आर्थिक अभावका कारण अहिले बिरामी छोरा लाई घरमा राखेर दिनभर उपचारका लागि आमा अहिले गाउँघरमा ५, १० रुपैयाँ उठाएर हिड्न बाध्य रहेको उनले बताईन ।

धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा उपचार गराउदै आईरहेता पनि दबाइ खर्चको लागि आर्थिक नभएपछि अस्पतालले समेत उनीहरुलाई डिस्चार्ज गरेर घर पठाएको उनका आमा पार्वतीले बताएकी छन् । उनका बुवा र आमाले आफ्नो छोराको उपचारका लागि अहिलेसम्म ५ लाख रुपैयाँ सम्म खर्च गर्दा समेत निको हुन सकेको छैन । देश बिदेशमा रहेका युवा तथा स्थानीय हरुले समेत सहयोग गरेता पनि अझै उपचारमा रकमको आवस्यकता कायमै रहेको हुनाले पुनः छोराको उपचारका लागि सबैलाई सहयोग गरि छोरालाई बचाईदिन आमा पार्वती हस्दाँले हारगुहार गरिरहेकी छन ।

सहयोगी मनहरुले नेपाल बैंकमा PARWATI HASDA (पार्वती हाँस्दा) को नाममा रहेको खाता नम्बर 03101107737677000001 मा देशविदेश तथा विभिन्न व्यक्तिहरूले सहयोग गर्न आमा पार्वतीले समेत आग्रह गरिरहेका छन् । अहिले उनीहरूको घरमा खाद्यान्नसमेत नभएपछि केही दिन अगाडि मात्रै स्थानीयहरुले सहयोग गरेर उनीहरुलाई खाद्यान्न सहयोग गरेका थिए । अहिले उनीहरूको घरमा चामल समेत नभएपछि स्थानीयले सहयोग गरेकी चामल थोरै खाँदै गरेको उनले बताईन ।

सम्बन्धित खवर