ओमबहादुरलाई विदेश जान रोक्यो कैँची र काइँयोले - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

ओमबहादुरलाई विदेश जान रोक्यो कैँची र काइँयोले

मोरङ । मोरङ उर्लाबारीका ओमबहादुर धिमाल बिहानै साइकलमा आवश्यक सामाग्री बोक्छन्, अनि निस्कछन् उर्लाबारी र दमकका ग्रामिण क्षेत्रतिर । उनको साइकलको पछाडिको क्यारियरमा एउटा सुटकेस हुन्छ । त्यही टिनको बक्साभित्र हुन्छ, उनकै दैनिकी गुजारा चलाउने सामाग्री ।

टिनको बक्सामा कैँची, काइँयो, सानो ऐना, छुरा, ब्लेड, कपडासहित आवश्यक सामान राख्छन् । दुई वर्षभन्दा बढी भयो उनले यसरी गाउँ–गाउँ पुगेर कपाल काटने ‘होम सर्भिस’ दिन थालेको ।

सुरुआती दिनमा यसले कपाल काट्छ र भन्नेहरु अहिले उनीसँग  कपाल काट्न पर्खिएर बसेका हुन्छन् ।

हप्ताभरिको कपाल काटन जाने उनको ‘रुट’ छ । झापाको दमक र मोरङको उर्लाबारी अनि मिक्लाजुङसम्म उनको ‘होम सैलुन’को व्यवसाय फस्टाएको मात्र छैन राम्रो आम्दानी पनि गरिरहेको छ ,

उनको ‘टार्गेट’ ग्राहकले उनलाई कुरेरै कपाल काटने गरेका छन् । धिमालको आर्थिक स्रोत कपाल काटेरै जुटिरहेको छ । उर्लाबारी २, सुन्झोडामा कपाल काटिरहेकै बेला भेटिएका धिमालको दैनिक १ हजार कमाइ भइरहेकोे बताए ।

१२ वर्षअघि वैदेशिक रोजगारीमा कतार पुगेका उनले ८ वर्ष कतारमै बिताए । कतार जानुअघि कपाल काट्ने तालिम लिएका धिमालको तालिमले कतारमा काम गर्दा सार्थकता पायो ।

करिब तीन हजार मानिस रोजगारी गरिरहेको दोहाको मिट म्याट कम्पनीमा काम गर्ने नेपालीको कपाल काटन थालेपछि उनको थप कमाई गर्न थाल्यो । नेपालीको कपाल काटन थालेपछि उनी झन निखारिए ।

छुट्टि र अन्य समयमा कपाल काटेरै कम्पनीबाट पाउने तलबभन्दा बढी कमाई गर्थ । कतारमै रोजगारी गरिरहेका उनी छुट्टिमा घर फर्केपछिफेरि कतार जान उनलाई मन लागेन ।

विदेशबाट फर्केपछि नजिकैको पथरी र दमक पुगेर सैलुनका लागि आवश्यक सामाग्री खरिद गरे र सुरु गरे व्यवसाय  । उनले भने, ‘कतारमा आठ वर्ष गरेको मेहनत देशमै गर्दा आम्दानी बढ्ने सोचेर यतै व्यवसाय सुरु गरेको हुँ, कमाई राम्रै छ ।

उनले घरमै आएर कपाल र दारी काटेको एक सय रुपैयाँ लिने गरेका छन् । बजारको सैलुनमा दारी कपाल काटेको दुई सय रुपैयाँ लाग्ने गरेको छ । सस्तोमै घरमै कपाल काटन पाउँदा बजार जाने समस्या टरेको उर्लाबारी २ का विष्णु बिष्टले बताए ।

धिमालले कपाल काट्न हिँड्दा सुरुमा स्थानीयले  पत्याएनन् । जब काम सुरु गरे अनि विश्वास जित्दै गए । अहिले कमाई राम्रो मात्र भएको छैन, धिमालको रोजगारीका लागि विदेश जाने बाध्यता समेत हटेको छ ।

‘सिप सिकेपछि बेरोजगार नहुने उनको बुझाइ छ । सिप भए देश र विदेशमा पनि भोकै बस्नु पर्ने रहेनछ,’ धिमालले भने ।

सम्बन्धित खवर