सौर्य एयरको जहाज दुर्घटना दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते, विमानस्थल पुनः सञ्चालनमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

सौर्य एयरको जहाज दुर्घटना दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते, विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् ।

९ एन–एएमई सीआरजे २०० विमान भुईँमा खसेलगत्तै आगो लागेको थियो । आकाशमा धुवाँको मुस्लो उडेको थियो । नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर उद्धारको काम जारी राखेका छन् ।

जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना पछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो ।

सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् । उक्त दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल त्रिभुवन विमानस्थल जानु भएको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । गृहमन्त्री रमेश लेखक पनि विमान दुर्घटनास्थल पुगेका छन् ।

सम्बन्धित खवर