चेक पोस्टबाट मासिक उठाउदै ट्राफिक कार्यालय झापा, प्रमुख न्यौपानेबाट सर्वसाधारण, ब्यापारी देखि ट्राफिक प्रहरीले नै पाए सास्ति - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

चेक पोस्टबाट मासिक उठाउदै ट्राफिक कार्यालय झापा, प्रमुख न्यौपानेबाट सर्वसाधारण, ब्यापारी देखि ट्राफिक प्रहरीले नै पाए सास्ति

झापा/९ साउन, प्रहरीकै इन्चार्जबाट साना कर्मचारी पिडित बन्ने गरेको घटना नौलो भने हैन । झापामा पछिल्लो समय ट्राफिक कार्यालय झापाका प्रमुख नवराज न्योपानेबाट ट्रफिक प्रहरीहरु र स्थानिय ब्यापारी ब्यावसायीहरु पिडित हुन थालेको जनगुनासो ब्यापक बढ्दै गएको छ ।  झापामा सर्वसाधारण, ब्यापारी देखि ट्राफिक प्रहरीनै हाकिमबाट अनावश्यक दुख पाईरहेको एक स्रोतले बताएको छ । ट्राफिक कार्यालय झापाका प्रमुख नवराज न्योपानेबाट प्रत्येक ट्राफिक प्रहरी कार्यालय, चेक पोस्ट, ब्यावसायी र यातायात ब्यावसायीहरु मारमा परेका छन ।

न्योपानेले ट्राफिक प्रहरी कार्यालय, चेक पोस्ट, ब्यावसायी साथै यातायात ब्यावसायीहरु संग मासिक रकम उठाउने गरेको ब्यावसायी र प्रहरीकै साना कर्मचारीले गुनासो गर्न थालेका छन । झापामा न्योपानेले कार्यभार सम्हाले देखि नै रकम उठाउने गरेको एक गोप्य स्रोतले बताएको छ ।

स्रोतका अनुसार कार्यालय प्रमुख न्यौपानेले काँकरभिट्टा ट्राफिक पोष्टबाट ३० हजार, धुलाबारी पोष्टबाट १५ हजार , चारआली ट्राफिक पोष्टबाट १५ हजार, बुधबारे ट्राफिकबाट १५, शनिश्चरेबाट १५ हजार, भद्रपुरबाट १५ हजार, चन्द्रगढीबाट १५, सुरुङ्गाबाट १५, झिलझिलेबाट १५, केर्खाबाट १५, दमक ट्राफिक प्रहरी कार्यालयबाट ३० हजार , गौरादह १५, गौरीगंजबाट १५ हजार बुझ्दै आएका छन् ।

रकम उठाउन न्यौपानेले साहयक हवल्दार बिष्णु बजगांईलाई प्रयोग गर्ने गरेको गोप्य सुचना आएको छ । काँकरभिट्टाबाट रकम संकलन गर्न साहयक हवल्दार बिष्णु बजगांई गौरीगंज सम्म पुग्ने गरेको प्रहरी स्रोतबाटै गुनसो हुन थालेको हो । न्यौपानेले बजगांईलाई सिभिल ड्रेसमा खटाउंदै आएका छन् । बजगांई अनड्रेसमा मोटरसाइकलमा रकम संकलनमा आउने गरेको एक चेक पोष्ठले बताएको छ ।

त्यति मात्र हैन न्यौपानेले गाडि व्यवसायी तथा व्यापारीलाई समेत दुख दिने गरेको ब्यावसायी बताउछन । न्यौपानेले ब्यावसायीको मा पनि बजगांईलाई अबैध रकम असुलीमा खटाउंदै आएका ब्यावसायीहरुको गुनासो छ । बजगांईलाई पनि यी हाकिम टाउको दुखाई भएका एक ब्यापारी बताउछन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशानालय इटहरीले लक्ष्मीपुर , बनीयानी, बिर्ताबजार, बिर्तामोड बसपार्कमा रहेका पोष्टहरु हटाउन निर्देशन दिएको थियो । तर न्यौपानेले लामो समय सम्म ती पोष्ट यथावत राखे । धेरै गुनासो र मिडियाले आवाज उठाए पछि ती पोष्टबाट होडिङ बोर्ड मात्र हटाए तर हप्ता उठाउन भने आज सम्म पनि छाडेका छैनन । उनले यी पोष्टबाट पनि पब्लिकको माग भएको र दुर्घटना बढेको भन्दै प्रहरी कर्मचारी खटाउंदै आएका छन् । उनले यस्ता पोष्टहरुमा साहयक हवल्दार झलक खत्रीलाई रकम संकलनमा खटाउंदै आएका छन् ।

न्यौपानेले ठाउँ ठाउँमा आफुलाई सहज हुने कर्मचारी रकम असुलीमा खटाउने प्रहरी भित्रकै एक स्रोतले बताएको छ । बनीयानीमा उनले मनोज पुरी मार्फत असुली गर्दै आएका छन् । पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, अट्टो, सिटी रिक्सा, बिभिन्न कम्पनीको रातो तथा हरियो बस, ओभरलोड बोक्ने ट्रक–टिपर, ट्याक्टरहरुसँग मासिक रकम असुल्दै आएका छन् । त्यस्तै पूर्व पश्चिम राजमार्गमा पर्ने धाइजन स्थित कनिष्का धर्म कांटाबाट पनि ट्राफिक प्रहरी न्यौपानेले मासिक रकम बुझ्दै आएका छन् । त्यस्तै उनले धुलाबारीको होटल मेची क्राउनको भेगास र बिर्तामोडको किङ्सबेरीको क्यासिनोबाट पनि मासिक रकम बुझ्छन् । त्यस्तै मेगा सिमेन्टबाट उनले मासिक रकम बुझ्ने स्रोतको भनाई छ ।

क्यासिनामा आएका भारतीय गाडि, ओभरलोड बोकेर कनिष्का धर्म कांटा आएका क्लिंकर बोकेका गाडि तथा बिभिन्न निमार्ण व्यसायी तथा क्रसरको ढुङ्गा , गिट्टी , बालुवा बोक्ने टिपरलाई मातहतका पोष्ट तथा कार्यालयलाई सडकमा नरोक्न तथा चेकजाँच नगर्न न्यौपानेले निर्देशन दिएका छन् । किनकी उनले ती सबै ठाउंबाट अबैध असुली गर्दै आएका छन् । त्यस्तै उनले भेनियर पत्ता बोक्ने गाडि तथा उद्योगबाट पनि रकम बझ्दै आएको स्रोतको भनाई छ ।

म्याजिक र बसहरूबाट क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए । उनले भने, ‘यसरी नै चल्दै आएको छ । दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छ । त्यसैले पनि सवैबाट थोरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं ।’ त्यसैगरी, ओभरलोड बोकेर नेपाल प्रबेश गर्ने भारतीय प्रत्येक गाडिले कांकरभिट्टा पोष्टमा सूरुमै ५ सय देखि माथि ३ हजार सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन् ।  व्यवसायीहरु बताउँछन, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाईदा हुन्छ की भन्ने हो। त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न् ।’ आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाईरहेका बनियानीका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन् ।

कर्मचारीलाई खुसी पार्न भन्दै जन्मदिनमा केक काट्ने भनेर तामझामका साथ अभियान सुरु गरेका न्यौपानेको अभियान दुई महिना नपुग्दै तुहिएको छ । त्यस्तै उनले आफ्नो कार्यकालमा कार्यालय परिसमार मन्दिर बनाउने भनेर सबैलाई सुनाउंदै आएका थिए तर अहिले त्यो हराएको छ । उनले आर्दश र नैतिकताको पाठ पठाउंदै सबैको अगाडि राम्रो बन्न अनेकौं भूमिकामा आफूलाई प्रस्तुत गर्ने गरेको स्रोतको भनाई छ । जिल्ला ट्राफिक कार्यालय विर्तामोडमा १ र दमकमा १ गरी जम्मा २ वटा चार पांग्रे सवारी छन् भने मोटरसाईकल १५ वटा छन् ।

जिल्ला ट्राफिक कार्यालयलाई प्रहरी प्रधान कार्यालयले सवारी साधनको इन्धनका लागि भनेर वार्षिक लाखौं रकम समेत उपलब्ध गराउँदै आएको छ । तर मातहतका कुनै पनि कार्यालयलाई इन्धन हाल्न भनेर रकम नदिएको एक इन्चार्जले बताए । तेल बुझेको भनेर माइन्युटमा हस्ताक्षर गर्न लाएर तेल चैं दिंदैनन ती इन्चार्ज भन्छन् । झापाका ट्राफिक प्रहरीका अस्थायी पोष्ट र कार्यालयका इन्चार्जहरुले व्यापारीबाटै इन्धन भराउंदै आएका छन् । तर न्यौपानेले लेखा संग मिलेर तेलको रकम समेत असुल्ने गरेका छन् ।

त्यस्तै न्यौपानेले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको गेट निर्माण गर्न भनेर लाखौं रकम उठाएर खाएका छन् । उनले आवश्यक भन्दा १० औं गुणा बढि रकम उद्योगी, व्यवसायी संग रकम उठाएको स्रोतको दाबी छ । तर उनले सो गेट बनाउँदा खर्च लागेको भन्दै लेखापढि गरेर मिलाएको स्रोतको भनाई छ । उनले एक शिर्षकमा चार तिरबाट रकम असुलेका छन् । उनलाई सहयोग गर्ने केहि व्यवसायीहरुले गोपनियता को नाम तथा कुराकानी सुरक्षित रहेको छ । उनीहरुको कालागि नाम उल्लेख नगरिएको हो । त्यस्तै उनले लेखासंग मिलेर ग्यारेज हुँदा हुँदै कमिशनको लोभमा अर्काे ग्यारेज निर्माण गरेको स्रोतले बताएको छ ।

यता स्थानिय ब्यापारी ब्यावसायी, होटल र प्रहरी कर्मचारीले लगाएको आरोप झुटो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्योपानेले बताएका छन । आ-आफ्नो ड्यूटी आ-आफ्नो स्थानबाट जिम्मेवारी पुर्वक निभाएको न्योपानेले बताए ।

यस विषयमा कुनै उजुरी नभएकाले के रहेछ छनविन गर्ने र गल्ती भए कार्वाही गर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी सुनसरीका कार्यालय प्रमुख एस पि सरोज पौडेलले बताउनु भयो ।

सम्बन्धित खवर