नापी कार्यालय भद्रपुरमा घुसबिना कामै हुंदैन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

नापी कार्यालय भद्रपुरमा घुसबिना कामै हुंदैन

साइनो समाचारदाता, झापा /
भद्रपुर स्थित नापी कार्यालय घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको छ । कार्यालय प्रमुख सुनिल आनन्दले पनि सेवाग्राही संग रकम असुल्ने कर्मचारीको संरक्षण गर्दै आएका छन् । कार्यालयमा घुसबिना कामै नहुने कुरा ओपन सेक्रेट जस्तै छ ।

नापी कार्यालयमा लेखापढी व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले बिचौलियाको भूमिका खेलेपछि सेवाग्राहीले अनावश्यक खर्च र हैरानी भोग्नु परेको छ । एउटै कामकालागि सेवाग्राहीले पटक पटक कार्यालय धाउनु पर्ने बाध्यता छ । सेवाग्राहीसँग बिचौलियाहरुले कर्मचारीको मिलेमत्तोमा न्यूनतम एक हजार देखि १० हजार सम्म रकम असूल्ने गरेको स्रोतको भनाई छ । एउटै कामकोलागि पटक पटक कार्यालय धाउनु पर्ने सेवा ग्राहीको छ ।

कार्यालयका कर्मचारी नापी अधिकृत सुवोध शाह, सर्वेक्षक सुरेश शाह लगायतले लेखापढी बिचौलीया मार्फत रकम असुल्दै आएका छन् । कार्यालयका अधिकृत शाह खासगरी आफैं सेटिङ मिलाउन माहिर छन् । उनी आफैं लेखापढी व्यवसायीसंग मिलेर रकम असुल्ने गर्छन । उनको रबैया यती बढेको छ कि भन्या साध्य छैन अन्य स्रोत भन्छ, पैसा बिना कुनै काम गर्ने वाला छैनन । त्यस्तै सर्वेक्षक शाहको पनि दैनिक जसो समस्या आउने गरेको छ । उनी मेचिनगरपालिका क्षेत्र हेर्छन । उनले गरेको अधिकांश कामको विवाद कार्यालयमा दैनिक जसो आउने गरेको छ ।

यस विषयमा सरोकारवाला निकायका जिम्मेवार भनिएका कार्यालय प्रमुख सुनिल आनन्दको गैरजिम्मेवार रबैया र जवाफले उनको भूमिकामाथि शंका गर्ने ठाउँ दिएको छ ।
तर कार्यालय प्रमुख हाम्रो सम्पर्कमा आउन चाहेनन । उनी बिदामा भएको भन्दै बोल्न इन्कार गरे । उनलाई भेट्न धेरै पटक कार्यालयमा जाँदा समेत भेटिएनन । यता कार्यालयका सुचना अधिकारी रुपेश श्रेष्ठले भने बिचौलीयासंग पैसा नलिएको र सेवाग्राहीलाई दुःख नदिएको दाबी गरे । उनले कार्यालयको केहि कमजोरी भेटिए सुधार गर्दै लैजाने बताए ।

नापी कार्यालयले बाटो प्रमाणित र कित्ताकाँटमा घुसबिना काम गर्दैन। जनतालाई विभिन्न जालोमा पारेर कर्मचारीहरूले जसरी पनि घुस लिइरहेका हुन्छन् ।
यो विषयमा जिल्लाका प्रशासकदेखि जग्गा कारोबारीहरूसम्म सबैलाई जानकारी छ । जग्गाधनीलाई पत्तै नदिई सँधियार, दलाल र भू–माफियाहरूले मालपोत र नापी कर्मचारीसँगको मिलोमतोमा जग्गाको क्षेत्रफल र नक्शा बदल्ने तथा बेचबिखन गरेका घटना समेत बाहिर आउने गरेका छन् ।

नापीमा हालसाविक, कित्ताकाट, नहरबढी कायम, नक्सा सुधार, कित्ता एकिकृत लगायतका कामले कार्यालय पुग्ने सेवाग्राहीसंग कर्मचारीले रकम असुल्ने गरेका हुन् ।

सम्बन्धित खवर