राष्ट्रिय टोलीमा पथरी शनिश्चरेकी सरु पुनरागमन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

राष्ट्रिय टोलीमा पथरी शनिश्चरेकी सरु पुनरागमन

अर्जुन काफ्ले/पथरी, १४ असार,
नेपाली राष्ट्रिय महिला फुटवल टोलीकि मिडफिल्डर सरु लिम्बूले राष्ट्रिय महिला फुटबल टोलीमा नौ महिना पछि पुनरागमन गरेकी छन् । लिम्बू मोरङ पथरी शनिश्चरे किर्तिपुर बासी हुन । उनी गाउँमा हुने साना साना प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन् २०१६ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

५ असोज ०८० मा १९औँ एसियाडमा भियतनाम विरुद्धको खेलमा खुट्टा भाँचिएको थियो । खुट्टाको उपचार गरि बसेकी लिम्बुले फेरि राष्टिय टोलीमा स्थान पाएकी हुन । ५ असोज ०८० मा भियतनाम विरुद्ध उनले अन्तिम पटक खेल खेलेकी थिइन् । लेबनानले आयोजना गर्ने चारदेशीय प्रतियोगिता सरुले नेपालको तफबाट खेल्ने भएकी छन् । प्रशिक्षक राजेन्द्र तामाङले गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा बुधबार २२ सदस्यीय टोली घोषणा गरेका छन् । घोषित टोलीमा सरुले स्थान बनाएकी हु्न् । वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको जोर्डन विरुद्धको फाइनलमा नेपाल पराजित हुँदा सरु टोलीमा थिइनन् ।

घाइते भएपछि सरुले भारतीय महिला लिगसमेत खेल्न पाइनन  । अनुभवी मिडफिल्डर सरुले नौ महिनापछि कमब्याक गर्नेछिन् । ५ असोज ०८० मा १९औँ एसियाडमा भियतनाम विरुद्ध उनले अन्तिमपटक खेल खेलेकी थिइन् । त्यसपछि उनी एकैपटक अहिले राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । १९औँ एसियन गेम्सको तयारी गर्दा उनको खुट्टा भाँचिएको थियो । ‘मैदानमा धेरैपछि फर्किएको छु,’ सरुले भनिन् । नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी मोरङ पथरीशनिश्चरेकी सरुले चोटपछि १९औँ एसियन गेम्सपछि वाफ च्याम्पियनसिप गुमाइन् । यसबीचमा उनले सात खेल खेल्न पाइनन् ।

सरुको पुनरागमनले पथरी शनिश्चरेमा खुसी छाएको छ । सरु खेलाडी उत्पादनमा निकै अगाडी रहेको पथरी शनिश्चरे किर्तिपुर बजारबाट फुटवलमा उदाएकी हुन । सरुले विश्व सामु नेपाल र पथरी शनिश्चरेको नाम चम्काएको सरुलाई स्कुल लेवलमा फुटवल खेलाउने गुरु विरोज मगरले बताए । विरोज मगर र किर्तिपुर बजारले सरु संगै अन्य फुटवल र क्रिकेटमा महिला, पुरुष खेलाडीहरुलाई राष्टिय स्तरका खेलाडी बनाई सकेका छन ।

सम्बन्धित खवर