कानेपोखरीका जनप्रतिनिधीमा विवाद चुलिदा वेरुजुमा तेस्रो स्थान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

कानेपोखरीका जनप्रतिनिधीमा विवाद चुलिदा वेरुजुमा तेस्रो स्थान

साइनोखवर पथरी–०८ असार

आफ्नो स्वार्थमा बजेट नआए जनप्रतिनिधी विच कतिको रोइलो हुन्छ भन्ने उदाहरण वनेको छ मोरङ्गको कानेपोखरी गाँउपालिका । गाँउपालिकाका जनप्रतिनिधीको रोइलोले यहाका वासिन्दा समेत आजित वनेका छन् । कहिले गाँउपालिकाको भवनका विषयमा वादविवादमै उत्रिन्छन त कहिले वजेटमा मनपरीको आरोप लगाउने गरेका छन् ।


कानेपोखरीका जनप्रतिनिधीको तिक्तता सामाजिक सञ्जाल भरि पोखीएको छ । नगर प्रवक्ता शुशिल वुडाथोकी र गाँउ पालिकाका उपाध्यक्ष भोला अधिकारीको सामाजिक सञ्जालमा देखिएको दोहरीले गाँउ वनाउने जिम्मेवारी पाएका जनप्रतिनिधीलाई  ‘वादरको हातमा नरिवल’झै भएको छ । प्रवक्ता वुडाथोकीले वजेट निर्माणका क्रममा उपाध्यक्ष भोला अधिकारीले ‘दादागिरी ’ देखाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेख्दै भनेका छन्‘कार्यपालिकाले प्रत्येक वडामा ५ मिटर सडक कालोपत्रे गर्ने भनी ५–६ महिना अगाडि निर्णय गर्यो त्यो हुन दिईएन फेरि १ किलोमीटरका हिसावले प्रत्येक वडामा गर्ने भनियो त्यो हुन दिईएन फेरि प्रत्येक वडामा २ करोडका दरले हुन आउने सडक कालोपत्रे गर्ने भनियो त्यो पनि रोकेर हुन नदिने काम उपाध्यक्ष ज्यु गर्नुहुँदैछ किन?’ वुडाथोकीले उपाध्यक्ष अधिकारीलाई लक्षीत गरेर ३ प्रश्न समेत उठाएका छन् ।

वुडाथोकीको आरोप उपाध्यक्ष अधिकारीलाई वडाका अध्यक्षलाई काम गर्न अप्ठारो पारेको मात्रै नभइ गाँउपालिका अध्यक्ष राजमति इङनामको नेतृत्वलाई नै उपाध्यक्षले अप्ठारोमा पारेको अरोप लगाएका छन् ।
वुडाथोकीले उपाध्यक्ष अधिकारीले भनेको सडक कालोपत्रे नहुदा वजेट रोकेको आरोप लगाएका छन् भने कार्यपालिका भन्दा माथी उपाध्यक्ष अधिकारी वन्न लागेको समेत उनको आरोप छ ।

त्यसको प्रतिवादमा अधिकारीले लेखेका छन् ‘आफ्ना कमजोरी लुकाउन अर्कोलाई हिलो नछ्याप्नु है प्रवक्ता ज्यु । जनताले हिसाब खोज्दै छन् । कहाँ उपाध्यक्षको त्यस्तो अधिकार हुन्छ करोडका करोड रोक्ने । हिम्मत भए आमने सामने सवाल जवाफ गरौँ न किन रोहिलो’ ।
आफुलाई वदनाम नवनाउन अधिकारीले प्रवक्तालाई आग्रह गरेका छन् । नेकपा एमाले वाट अधिकारी उपाध्यक्षमा निर्वाचित भएका हुन भने वुडाथोकी पनि एमाले वाटै निर्वाचित वनेका हुन् । निर्वाचित भएर आए लगतै अध्यक्ष र उपाध्यक्षले गुट चलाउने गरेको आरोप छ । गुटको राजनितीक सुरु गरे संगै जनप्रतिनिधीहरु विवादमा आउन थालेका छन् । कार्यपालिका वैठकमा विवाद भएपछि केहि समय अधि भोला अधिकारीले टेवलको सिसा फुटाएको आरोप छ ।  एमालेले अध्यक्ष र उपाध्यक्ष विचको विबाद मिलाउने धेरै प्रयास गरेपनि विबाद झन चुलिदै गएको देखिन्छ । कार्यपालीका बैठकमा विबाद उत्पन्न भए पछि फुटेको टेवलको सिसा फेर्न समेत महिनै लागेको थियो ।

जनताको काम र पालिकाको विकासमा भन्दा पाटिको गुट र स्वार्थमा लागेका कारण वेरुजुमा कानेपोखरी गाँउपालिका जिल्लाको तेस्रो स्थानमा रहेको छ । आर्थिक वर्ष २०७९/८०मा मात्रै ५ करोड ५३ लाख ४० हजार रुपयाँ वरुजु देखिएको छ । स्थानीय सरकारबाट केहि सेवा र सुविधाको आस गरेका पालिका बासीहरुमा जनप्रतिनिधीकाे जुहारीका कारण आजित भैसकेका छन । दुई बर्ष देखि जनप्रतिनिधीले देखाएको नटकका कारण पालिकाको बेज्जत भएक स्थानीयको गुनासो छ ।

यो पनि हेर्नुस

https://www.ratopati.com/story/404067/kanepokhari

 

सम्बन्धित खवर