प्याब्सनको दादागिरी, विद्यार्थीले प्रतियोगितामा भाग लिन पाएनन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

प्याब्सनको दादागिरी, विद्यार्थीले प्रतियोगितामा भाग लिन पाएनन्

साइनो समाचारदाता, पथरी /जेठ २६,

प्रतियोगीतात्मक कार्यक्रममा उपाधी नै जित्ने तयारीका साथ प्रतियोगीता स्थल पुगेका सहभागीलाई विद्यालयको रिस फेर्दै प्रतिष्पर्धी वन्न नदिदा ति विद्यार्थीको मानसिकतामा कस्तो असर पर्छ ? यसैको एउटा उदाहरण वन्यो पथरीशनिश्चरे नगर प्याब्सनले गरेको चित्रकला प्रतियोगीता । जेठ २५ मा नगर भित्रका प्याब्सन आवद्ध १३ विद्यालयका २६ विद्यार्थी सो चित्रकला प्रतियोगीतामा सहभागी गराईने भनिएकोमा मध्ये बाल्मिकी आवसीय मावी र ग्रेड ग्रेस वोडीङका चार जना विद्यार्थीलाई प्रतिष्पर्धीका रुपमा सहभागी गराईएन । बाल्मिकी आवसियवाट सनम शिवा र जेनी राई र ग्रेड गेसका प्रसन्न तामाङ र नरेन लिम्बुलाई सो प्रतियोगीतामा प्रतिष्पर्धी बन्न पाएनन् ।


वाल्मिकी र ग्रेड ग्रेसले प्याब्सनको नियम नमानेकै आधारमा प्रतिष्पर्धाबाट ति विद्यार्थीलाई बन्चित गराएको थियो । वाल्मिकी र ग्रेडग्रेसले प्याब्सनले सिफारीस गरेको पुस्तक विद्यालयमा नलगाएकै कारण विद्यार्थी माथी विभेद गरिएको छ । नगरका ७ वटा निजी विद्यालयले प्याब्सनले सिफारिस गरिएको पुस्तक आफ्नो विद्यालयमा प्रयोग गरेका छैनन् । उनीहरुले यसरी कुनै संगठनले पुस्तक सिफारिस गर्नु शिक्षा ऐन विपरित भएको उनीहरुको ठहर छ ।

विद्यालयको कारणले विद्यार्थी मार्थी प्याब्सनले गरेको विभेद सरासर गलत भएको पथरी शनिश्चरे नगर शिक्षा शाखा अधिकृत नविन खुलाल बुढाथोकीले बताउछन् । कुनै पनि शैक्षिक संगठनले आफ्नो नियम लागु गर्ने र त्यसको असर विद्यार्थीमा दिन नहुने बुढाथोकीको भनाई छ । ‘यदि पुस्तककै कारण त्यस्तो विभेद भएको हो भने त्यो झन गम्भीर विषय हो’ वुढाथोकीले भने ‘स्थानीय सरकार छ सबै संगठनले स्थानीय सरकारको परिधीमा रहेर चल्नु पर्छ । निजी संगठन धेरै छन सबैले आ–आफ्नो नियम लागु गर्न थाले निजी शैक्षिक संस्था माथी अभिभावकको विश्वनीयता घट्दै जान्छ’ ।

अप्रतियोगि ठहर गरेका २ विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा भने सहभागि गराइए पनि प्रतिष्पर्धीका रुपमा नराखिएको प्याब्सन नगर सदस्य सुजन बास्तोलाले जानकारी दिए । प्याब्सनले प्याब्सनमा आबद्ध निजी विद्यालयहरुमा एकै प्रकारको पुस्तक लगाउने निर्णय गरेको छ जुन शिक्षा ऐन विपरित छ ।  तर प्याब्सनले कमिसनको लोभमा सबै विद्यालयहरुले एकै प्रकारको पुस्तक लगाउने निर्णय गरेको थियो ।  उक्त निर्णय नमानेको भन्दै पथरी शनिश्चरेका प्याब्सन नगर कमिटि सदस्य रहेका ७ निजी विद्यालयहरुलाई प्याब्सनले आयोजना गरेको कुनै पनि कार्यक्रम प्रतिष्पर्धीका रुपमा सहभागी गराएन ।  प्याब्सनले निर्णय गरेको पुस्तकमा नलगाउने निजी पिद्यालयहरुमा पेगोडा मोडल विरेन्द्रनगर, वाल्मीकि आ मा. वि., ब्राईट केरियर, मोरङ मेरिगोल्ड, बाल नमुना बोडिङ, डन बस्को स्कुल, केचना प्याराडाईज, ग्रेडग्रेस रहेका छन् ।

उक्त विद्यालयहरुले नेपाल सरकारले सुचिकृत पाठ्यपुस्तक लगाएका छन । शिक्षा नितिमा समेत निजी विद्यालयले सरकारले सुचिकृत पाठ्यपुस्तक छान्न पाउने ब्यावस्था छ । तर प्याब्सनका केहि पदाधीकारीहरुले कमिसनको लोभमा जबरजस्ती कुनै एक पब्लीकेसनको पुस्तक लागु गराउदै आएका छन । २२ विद्यालय सदस्य रहेको नगरको सो प्रतियोगीतामा नगरका १३ विद्यालयले मात्र सहभागिता जनाएका थिए । बाँकी रहेका ७ विद्यालयलाई प्याब्सन नगरले एउटै पुस्तक नलगाएको भन्दै कार्वाही स्वरुप प्रतियाेगीतामा सहभागी नगराएकाे हाे । विद्यालयले नियम तोडेका कारण पहिलो चरणमा कार्वाही अनुरुप उत्त विद्यालयको विद्यार्थीलाई प्रतियोगितामा नराखिएको नगर सचिव सन्तोष बस्नेतले जानकारी दिए । सचिव बस्नेतले भने ‘विद्यालयको गल्तीको सजाय विद्यार्थीलाई दिन नहुने थियो यो हाम्रो गल्ती भयोे तर कमिसनको लोभ र पुस्तकमा नलगाएको भन्ने आरोप झुट भएको हो’ बस्नेतले भने ।

सम्बन्धित खवर