सुरक्षाको माग गर्दै मदन भण्डारीका स्वास्थयकर्मी आन्दोलनमा, डाक्टर माथी हातपात गर्ने युवा फरार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

सुरक्षाको माग गर्दै मदन भण्डारीका स्वास्थयकर्मी आन्दोलनमा, डाक्टर माथी हातपात गर्ने युवा फरार

साइनो समाचारदाता/पथरी, ९ जेष्ठ
डाक्टर माथि हातपात भए पछि शुरक्षाको माग गर्दै मोरङको उर्लावारी ३ मा अवस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका स्वास्थयकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । जेष्ठ ३ गते दिउसो करिव २ बजेको डिउटीमा रहेका डाक्टर ब्रोमिस बुढाथोकी माथि स्थानिय ३ युवाले हातपात गरेका थिए ।


स्थानीय युवा सानु रोक्काले कार्यलयबाट नास्ता खान बाहिर निस्कीएको अवस्थामा बाटो छेकी आफुमाथी कुटपिट गरेको डा. ब्रोमिस बुढाथोकीले बताएका छन । सानु रोक्का, सुमन श्रेष्ठ र पिपल राज गिरीले पुरानो रिसिवी राध्दै कुटपिट गरेको डा. बुढाथोकीको भनाई छ ।

उत्त युवाहरुले अस्पतालको मर्यदा विपरीत गतिविधी गर्ने गरेकाले स्वास्थयकर्र्मीले सास्ती बेहोर्नु परेको स्वास्थयकर्मीको भनाई छ । काम गरिरहेका स्वास्थयकर्मीहरुलाई जिस्काउने, थर्काउने र आफ्नो मान्छेको स्वास्थ परिक्षण र रिर्पोट चाडो माग्ने जस्ता अमर्यादित हर्कत गर्ने गरेको स्वास्थयकर्मीले बताएका छन ।

प्रहरीमा जाहेरी दिएको ५ दिन वितिसक्दा पनि हातपात गर्ने युवालाई प्रहरीले नियन्त्रणमा नलिएको भन्दै ७ गते देखि कालो पटि लगाएर विरोध सुरु गरेका थिए । स्वास्थयकर्मीहरुले अभियुत्तलाई कानुनी दायरामा ल्याउनु पर्ने र स्वास्थयकर्मीको शान्ति सुरक्षको माग गर्दै विरोध सुरु गरेका छन ।

७ गते मंगलबार एक घण्टा भएको विरोध ८ गते बुधबार दुई धण्टा भएको छ । डाक्टर माथि हातपाल गर्ने युवाहरुलाई प्रहरीले भगाएको र पक्राउ नगरे सम्मा आन्दोलन जारी रहने डाक्टरले बताए । कानुनी दायरामा नल्याए सम्म दैनिक हातमा कालो पटि बाधेर सेवा दिने र आकस्मिक सेवा बाहेकका अन्य सेवा दैनिक केहि समय बन्द हुने पिडित डाक्टर ब्रोमिस बुढाथोकीले बताए ।

यता फरार रहेका सानु रोक्काले एक मिडियामा भनेका छन् “अस्पतालमा विरामी संग डाक्टरले गरेको गतिविधी र अघिल्लो दिन भएको घटनका विषयमा संझाउन खोज्दा सामान्य विवाद भएको” बताएका छन ।

मंगलबारे अस्पतालमा डाक्टर र स्थानीय युवा विच सामान्य विबाद भएको र दुबै तर्फ पक्ष संग छलफलको प्रकृर्यामा भैरहेको ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दाशले बताए ।

सम्बन्धित खवर