साइनो समाचारदात/ पथरी, ७ जेष्ठ
मोरङको पथरी शनिश्चरे वडा नं. ९ महेन्द्र चोकमा मापदण्ड विपरित बन्दै गरेको पेट्रोल पम्पले कर्मचारीको सेटिङमा अनुमति लिएको खुल्न आएको छ । बाटो नै मिचेर पम्प निमार्णका लागि नगरले बाटो नभएको सिफारिस दिएको तथ्य फेला परेको छ ।
तिन बर्ष अघि उत्त बाटोमा वडा नं. ९ ले २ लाख खर्च गरि बाटोको स्तर उन्नती –ग्राभेल) गरेको थियो । तर उत्त बाटो ३ बर्ष पछि नगरका कर्मचारीले सेटिङमा बाटो नभएको सिफारिस दिएका छन ।
यहीबाट प्रष्ट हुन्छ कि नगरका कर्मचारीकले चाहे के हुदैन ? कर्मचारीको भर पर्ने हो भने पुरै नगर बेच्न पछि पर्दैन्न भन्ने यहि सिफारिसले प्रष्ट पार्दछ । यति हो सिफारिस गर्ने कर्मचारीको भागमा कति कति पर्यो भन्ने खुलेको छैन ।
वडाले बाटो भएका कारण सिफारिस नदिएको तर नगरले वडाको अधिकार खोसेर सिफारिस दिएको पथरी शनिश्चरे वडा नं. ९ का वडाध्यक्ष विरबहादुर राई बताउछन । वडाध्यक्ष राईले भने पम्प राख्न वडामा सिफारिस लिनु पर्दैन ? के आधारमा नगरले सिफारिस दियो ? सर्वसाधारण हिनडुल गर्ने बाटोलाई नगरका कर्मचारी सुरेन्द्र कुमार राई र इन्जीनिय सन्तोष केसीले के का आधारमा बाटो नभएको प्रमाणीत गरे ? वडाध्यक्ष राईको प्रश्न छ । उहाँको भनाईले प्रष्ट पार्दछ की पथरी शनिश्चरे नगरमा कर्मचारीको मनोमानी छ भन्ने ।
वडाध्यक्ष राईका अनुसार वडाले तिन बर्ष अघि उत्त बाटोको स्तर उन्नती गर्ने भन्दै वडाले दुई लाख खर्च गरेर ग्राभेल गरेको थियो । पम्प संचालनका लागि बाटो नभएको सिफारिस बनाउन कागजात आएको थियो, मैले सिफारिस नै जफत गरेर राखेको छु । म जनताको प्रतिनिधी हु भएको बाटो छैन भन्न सक्दीन वडाध्यक्ष राईले बताउनु भयो ।
नगरको र नापि शाखा बेलबारीको सिफारिसमा अस्थाई अनुमति दिएको सडक डिभिजनका इन्जीनिय घनश्याम खड्काले बताए । यहाँ डिभिजनका इन्जीनिय, नगरका सरसफाईका कर्मचारी सुरेन्द्र कुमार राई र इन्जीनिय सन्तोष केसीले फिल्डमा भएको बाटो छैन भनी सर्जमिन समेत गरेको स्थानीय बताउछन । उत्त कर्मचारीहरुले स्थानियको आँखामा छारो हाल्दै आयल निगम आसपास बाटो छैन भन्दै सिफारिस दिएका छन ।
पथरी शनिश्चरेमा भर्खरै सुरु हुन लागेको पेट्रोल पम्का विषयमा भने पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो र नगर प्रबक्ता नविन कार्की आफुलाई कुनै जानकारी नरहेको बताउ छन । प्रमुख प्रशासकिय अधिकृत शशि राई भने जहाँ सम्म आफुले सिफारिस नगरेको गरे पनि वडाको गरेको सर्जमिनको आधारमा र सर्जिवन मुचुल्का सबैको आधारमा प्रकृया अघिबढेको बताउछन । वडाध्यक्ष राई भने उत्त स्थानमा बाटो रहेको दावि गरेका छन । वडाध्यक्ष राईले भने “यो सब कर्मचारीको फटाई हो, सर्वसाधारणले आवत जावत गर्दै गरेको बाटो कसरी बन्द हुन्छ ? नगरको कुन कर्मचारीको आँखा फुट्यो र त्यहाँ बाटो देखेन ? वडाध्यक्षले हामी संग प्रतिप्रश्न गर्नु भएको छ ।
सर्जमिन गर्न गएका नगरका योजना र वातावरण सरसफाई शाखाका फोहोेर मैला व्यवस्थापक साथै घर नक्साको जिम्मा पाएका सुरेन्द्र कुमार राईलाई बुझ्दा आफु यस विषयमा क्यामरा र मिडियामा केहि नबोल्ने बताए । आफुले पम्प संचालकले ल्याएको नक्सा र सिफारिसका आधारमा सर्जमिन गरेको र यो अस्थाई अनुमती दिएको उनको भनाई छ । राईले भने पम्प संचालकले बाटो हैन भनी बन्द गरेको र स्थानीयले कुनै गुनासो वा उजुर बाजुर नगरेका कारण प्रकृया अगाडी बढाएको बताए ।
स्थानीयको भनाई अनुसार “पम्प संचालकले कर्मचारीलाई सेटिङ मिलाएर बाटो छैन भन्नी सिफारिस बनाएका छन । पैसा हुनेको राज रहेछ । यहाँ नगरका कर्मचारीहरु नै बाटो छैन भन्दै सर्जमिन गर्दै आएका थिए हामीले गरेनै तर कसरी मिलार ल्याए अहिले बाटो बन्द गरेका छन ।” स्थानीयले बताए । बाटो बन्द भए पछि पथरी शनिश्चरे १० को धिमाल ग्रामथान हुदै डाँस खोला आवत जावत गर्न समस्या रहेको छ । उत्त बाटो १० बर्ष अघि पम्प संचालकले नै प्लटिङ गरि बाटो खोलेको स्थानीय बताउछन ।
पेट्रोल पम्प पथरी शनिश्चरे ९ का रणबहादुर गुरुङले संचालन गर्न लागेका हुन । जग्गा धनी गुरुङले हाल पम्प संचालन गर्नका लागि आवश्यक संरचना निमार्ण गदै आएको छ । गुरुङले पम्प संचालन गर्न जग्गा संगै टासिएको दक्षिण पटिको बाटोमा पर्खाल लगाएर छेकोका थिए । तर समाचार आए संगै पर्खाल भत्काएको छ तर बाटो भने खुल्ला छैन ।
पम्प संचालन हुने एरियाको उत्तर रेल मार्ग र सरकारी बाटो रहेको छ भने दक्षिण पटि पम्प संगै जोडिएको बाटो रहेको छ । उत्त क्षेत्र पम्पका लागि अपुग भए संगै बाटो मिचिएको स्थानीयले बताए । तर नक्सामा भने फरक देखिएको छ । नक्सामा दक्षिण पटि पम्प र बाटोको बिचमा कित्ता नम्वर ४०३ को लक्ष्मि गुरुङको कित्ता रहेको देखिन्छ ।
पम्प निमार्ण कार्यको जिम्मेवारी लिएका डिल्ली भट्टराईले भने सबै जग्गा आफ्नै रहेको र सडक डिभिजन र आयल निगम संग अनुमती लिनका लागि मात्र बाटो बन्द गरेको बताए । उनले भने पम्प संचालन भए संगै बाटो पनि खुल्लने बताएका छन ।