साइनो समाचारदाता/पथरी, १७ चैत्र, मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा वडा नं. १ र ७ ले १/१ अंक जोडेको छ भने वडा नं. ५ ले ३ अंक जोडेको छ । पहिलो खेलमा पथरी शनिश्चरे वडा नम्वर १ र ७ ले गोल रहित बराबरी खेल खेले संगै सम्मान १/१ अंक जोडेको हो ।
वडा नम्बर १ र ७ ले निर्धारित समयमा कुनै पनि गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको थियो । दोस्रो खेलमा वडा नम्बर ५ ले वडा नम्बर १० लाई २ का विरुद्ध ३ गोलले ३ अंक प्राप्त गरेको छ ।
वडा नं ०५ का लागि अम्मर चौधरीले १ गोल, याम कुमार बेघाले २ गोल गरेका थिए । वडा नम्वर १० का लागि युगल राई र राज कुमार तामाङले १/१ गोल गरेका थिए । प्रतियोगिताको अन्तरगत चैत २३ शुक्रबार वडा नं ४ र ६ बिच पहिलो खेल हुनेछ भने वडा ३ र ८ बिच दोस्रो खेल हुनेछ ।
वडा नं. २ ले पुर्व खेलाडीको स्वास्थलाई मध्यनजर गर्दै र पुर्व फुटवल खेलाडीहरु विचको भाइचार कायम राख्ने उदेश्यले प्रतियोगिता संचालन गरेको वडाध्यक्ष नैना राईले बताउनु भयो । प्रतियोगिता नगर भरिका १० वटा वडाले सहभागिता जनाएका छन । प्रतियोगिता चैत्र १६ बाट सुरु भै बैशाख २२ सम्म संचालन हुने छ । खेल प्रत्येक शुक्रबार र शनिवार पथरी शनिश्चरे १ मा रहेको पञ्चायत मा विको खेल मैदानमा संचालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० का साथ ट्रर्फि मेडल प्राप्त गर्ने छ भने उपविजेताले नगद ३० हजार रुपैयाँ सहित मेडल ट्रफी प्राप्त गर्ने छ ।