साइनो समाचारदाता/ पथरी, १६ चैत्र, पथरी शनिश्चरे वडा न २ ले भेट्रान लिग फुटबल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिता नगर भरिका १० वटा वडाले सहभागिता जनाएका छन । प्रतियोगिता चैत्र १६ बाट सुरु भै बैशाख २२ सम्म संचालन हुने छ । खेल प्रत्येक शुक्रबार र शनिवार पथरी शनिश्चरे १ मा रहेको पञ्चायत मा विको खेल मैदानमा संचालन हुनेछ ।
वडा नं. २ ले पुर्व खेलाडीको स्वास्थलाई मध्यनजर गर्दै र पुर्व फुटवल खेलाडीको भाइचार कायम राख्ने उदेश्यले प्रतियोगिता संचालन गरेको वडाध्यक्ष नैना राईले बताउनु भयो । प्रतियोगिता लीगको नक आउट चरणका आधारमा प्रतिस्पर्धा हुने संयोजक तथा वडा नं २ का वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५० का साथ ट्रर्फि मेडल प्राप्त गर्ने छ भने उपविजेताले नगद ३० हजार रुपैयाँ सहित मेडल ट्रफी प्राप्त गर्ने ५ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्वर २ र ८ विजयी भएका छन् । दुबै टिमले समान ३÷३ अंक जोडेका छन । पहिलो खेलमा वडा नं. वडा नं ९ लाई वडा नं. ८ ले ० को विरुद्ध ३ गोल गर्दै ३ अंक जोडेको हो । खेलमा इन्द्रमणि सुवेदीले २ गोल र प्रकाश कार्कीले १ गोल गरेका छन ।
त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा वडा नम्बर २ ले वडा नं ६ लाई ० को विरुद्ध ११ गोल गर्दै विजयी भएको छ । खेलमा वडा नम्वर २ का लागि विरेन सावाँले १ गोल, शंकर राई २, जोन सुब्बा २, लाल बहादुर लावती १, किम्जो राईले १, मदन राई २, राजु तिम्सिनाले १ टिकाराम राईले १ गोल गरेका थिए । जित संगै वडा नम्बर २ ले पहिलो खेलबाट ३ अंक जोडेको छ ।
भोलिको पहिलो खेल वडा नम्बर १ र ७ बिच हुनेछ भने दोस्रो खेलमा वडा नम्बर १० र ५ विच हुने आयोजकले जनाएको छ ।