राजस्व अनुसन्धान कार्यालयको मनोमानी, सेन्चुरीका अग्रवालले गरे २ अर्ब हुन्डी, राजस्व छली गर्ने ब्यापारीलाई राजस्वको उन्मुक्ति - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

राजस्व अनुसन्धान कार्यालयको मनोमानी, सेन्चुरीका अग्रवालले गरे २ अर्ब हुन्डी, राजस्व छली गर्ने ब्यापारीलाई राजस्वको उन्मुक्ति

काठमाडौं । राजस्व अनुसन्धान विभाग राजस्व छली र अबैध हुन्डी कारोबार गर्ने ब्यापारीको सेटिङ र संरक्षण गर्ने अड्डामा परिणत भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले केही समय अघि भन्सारछलीका सामान बोकेको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो । ती ट्रक पथलैयाबाट विभागमा पठाउन निर्देशन दिइयो । विभागमा पठाएपछि ब्यापारीसँग कुरा मिलाएर ट्रक छाडियो ।

 

त्यसैगरी, सुनसरीको दुहवीस्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ प्रालिले हुन्डी मार्फत् अबैध रुपमा भारतमा पैसा पठाई अर्बको चामल नेपालमा ल्याई बिक्रीबितरण गरेको उजुरी राजस्व अनुसन्धान कार्यालय इटहरीमा पर्यो । इटहरी राजस्वले प्रारम्भिक रुपमा छानबिन गर्दा राजस्व छली भएको देखियो । त्यसको रिपोर्टिङ महानिर्देशक नवराज ढुंगानासमक्ष तत्कालीन कार्यालय प्रमुख सुरेश आचार्यले गरे । रिपोर्टिङ लगत्तै छानबिनका नाममा उक्त केस विभागले नै हेर्नेगरी फाइल मगाइयो । अहिले उक्त मुद्दा छानबिनका बहनामा बिभागले ढिसमिस पार्न खोजिरहेको छ । गएको असोजदेखि विभागले छानबिन गरिरहेको भन्दै आएको छ ।

सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगका अध्यक्ष राजेन्द्रप्रसाद अग्रवालले पौने २ अर्ब रुपैयाँ भारतमा हुन्डी गरेर पठाई चामल ल्याएर बिक्रीबितरण गरेको देखिए पनि राजस्वका डीजी ढुंगानाले ५ महिनादेखि छानबिन भइरहेको भन्दै उनलाई उन्मुक्ति दिएका छन् ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानासँग ५ महिनादेखि जारी छानबिन कहिले सकिन्छ भन्ने जिज्ञासामा उनले भने– उक्त कम्पनीमा हुन्डी, करछली र चोरीपैठारीसम्बन्धी कानुन आकर्षित हुने र सोही बिषयमा केन्द्रित भएर विभागले छानबिन गरिरहेका कारण विभागको छानबिन कहिले सकिन्छ भन्न सकिंदैन । सेन्चुरी फुडले अबैध रुपमा हुन्डीमार्फत् पैसा पठाएर चामल भित्र्याएको सूचना बिभाग र इटहरी कार्यालयले बेवास्ता गर्दैआएका छन् । उक्त कम्पनीले राजस्वले निरन्तर रुपमा हुन्डीबाट पैसा पठाइ चामल ल्याइरहेको छ । तर राजस्वले आँखा चिम्लिएको छ ।

एकाध लाख हुन्डी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने राजस्व अनुसन्धान विभागले अहिलेसम्म २ अर्बभन्दा बढीको कारोबार गरेको देखिंदा पनि सेन्चुरीलाई छानबिन गरिरहेको भन्दै उन्मुक्ति दिएको छ । गतहप्तामात्र उक्त कम्पनीको दुहवीस्थित गोदाममा ५० मेट्रिक टन चामल भारतबाट ल्याएर रातारात गोदाममा राखी बिक्री बितरण गरिएको स्रोतले बताएको छ । सशस्त्र प्रहरीलाई यसबारेमा सूचना पुगे पनि कार्यालय र बिभागको निर्देशन पर्खिंदा पर्खिदै तस्करीको चामल गायब पारिसकिएको थियो । भारतले अहिले नेपालमा चामल ल्याउन प्रतिबन्ध लगाएको छ ।

सीमा जोडिएका नेपालका चामल मिलहरुले सेन्चुरी जस्तै तस्करीमार्फत् चामल आयात गरी बिक्री बितरण गर्दा विभाग भने मानवीय र रोटीबेटीको सम्बन्ध भन्दै आर्थिक लाभ लिएर कारबाही गर्न पन्छिरहेको छ । सेन्चुरीले नेपालकै राजबिराजमा रहेको गिरीधारी खाद्य उद्योगबाट चामल खरिदको बिल पेश गरी उन्मुक्ति लिन खोजेको छ । जबकि अति नै सानो स्केलमा र पत्याउनै नसकिने गिरीधारीले अरबौको चामल सेन्चुरीलाई कसरी बिक्री गर्यो ? त्यसको मिहीन छानबिन गर्ने हो भने गिरीधारीलाई समेत कारबाही हुने राजस्वकै कर्मचारी बताउँछन् । हुन्डी कारोबार गरेको प्रमाण नै फेलापरेको भए पनि राजस्व अनुसन्धानले ५ महिनासम्म पनि टुंगो लगाउन नसक्नुले सेन्चुरीको प्रभावमा विभागका डीजी ढुंगाना परेको आशंका जन्मिएको छ ।

दैनिक गुजारा चलाउन २–४ केजी चामल र चिनी ल्याउने नागरिकलाई भन्सारमा दुःख र सास्ती दिने गरिन्छ, तर अरबौको चामल हुन्डीबाट रकम पठाएर तस्करी गर्ने सेन्चुरीका संचालकसँग राजस्वका कर्मचारीको उठबसकै कारण छानबिनलाई प्रभावित बनाउन खोजिएको छ ।

राजस्व अनुसन्धान इटहरीका तत्कालीन कार्यालय प्रमुख प्रमुख सुरेश आचार्य आफूले सेन्चुरीको अबैध कारोबार रोक्न छानबिन अगाडि बढाएपछि महानिर्देशक ढुंगानाले फाइल विभागमै पठाउनू भन्ने आदेश दिनुभयो । त्यही आदेश अनुसार विभागमा फाइल बुझाइसकेको र अझै पनि छानबिन भइरहेको जानकारी आफूले पाएको प्रतिक्रिया दिए । उनले भने–विभागले छानबिन गरिसकेपछि कार्यालयले हेर्न मिल्दैन । अहिले विभागमा फाइल पठाएको बहानामा सेन्चुरीले तस्करी गरिरहेको सूचना इटहरी राजस्वका कर्मचारीले पाए पनि महानिर्देशक ढुंगानाका कारण थाहा नपाएजसरी बस्न विबश छन् । जबकि आचार्य सेन्चुरी प्रकरणमा आर्थिक लेनदेन गरेको आरोप लागेपछि सरुवा भएको बताइएको थियो ।

साभार: नेपाल फेस

सम्बन्धित खवर