पञ्चायत मा विले मनायो ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

पञ्चायत मा विले मनायो ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवश

साइनो समाचारदाता/ पथरी, माेरङ पथरीशनिश्चरेमा रहेकाे पञ्चायत माध्यमिक विद्यालयले आफ्नो ४५ ओैँ वार्षिकोत्सब मनाएकाे छ । शुक्रबार भव्य कार्यक्रमका बिच शिक्षक कर्मचारीलाई सम्मान, बिपन्न विद्यार्थीहरुलाई पोसाक र न्यानो कपडा वितरण गर्दै सांस्कृतिक कार्यक्रमको साथ वार्षिकोत्सब मनाएको हाे ।

कार्यक्रमको विशेश आकर्षण विद्यालयका शिक्षिकाहरुको स्वागत नृत्यबाट सुरु गरिएको थियो ।  १५ भन्दा बढी विद्यार्थी समूहको आ-आफ्नो प्रतिभा नृत्य, गायन तथा साहित्यिक समाग्री प्रस्तुत गरेका थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको कार्यक्रम प्रधानाध्यापक अर्जुन बुढाथोकीले सञ्चालन गर्नुभएकाे हाे । कार्यक्रमका अतिथी तथा अभिभावकलाई शिक्षिका तथा साहायक प्रधानाध्यापक विना राईले स्वागत मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयमा लामो समयदेखि शिक्षण गर्दै आएका जानुका भट्टराई, सिर्जना राई, गणेश विष्ट, शम्भुराज थापा र कर्मचारी हेमकुमार गुरुङलाई सम्मान पत्रले सम्मान गरियाे । साे अवसरमा अक्षयकोषदाताहरुलाई समेत सम्मान गरियाे । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापो, अक्षयकोष दाताको तर्फबाट कृष्णकुमारी विक, सम्मानित शिक्षकहरुको तर्फबाट गणेश विष्ट लगायतले मन्तव्य राखेका थिए ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बिपन्न विद्यार्थीहरुलाई पोसाक तथा न्यायो कपडा वितरण गरिएकाे छ । साे अवसरमा प्रमुख अतिथिको हातबाट विद्यालयको वेवसाइट पाञ्चायतमावि डटकमको सार्वजनिक भएको छ । विद्यालयमा हाल ३ हजार १९७ विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख सालिग्राम काफ्ले, वडा अध्यक्षहरू लगायत विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रअहरू लगायतको उपस्थिति रहेको थियो ।

सामुदायीक विद्यालय तर्फ देशकै उत्कृष्ट नतिजा हासिल गर्दै आएको पञ्चायत मावि प्रदेश सरकारले नमुना घोषणा गरेको विद्यालय हो । हाल उत्त विद्यालयमा कक्षा १२ सम्म पढाई हुदै आएको छ । पञ्चायत नेपालका प्रमुख ठुला शहर बाहिर आठ संकायमा अध्यायन हुदै आएको विद्यालय हो । विद्यालयले विज्ञान, सिभिल इन्जिनियर, पत्रकारीता, कानुन, फाईन आर्ट, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा अध्यायन गर्दै आएको छ ।

 

सम्बन्धित खवर