रिफिज्यू च्यालेन्ज कप २०२४ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

रिफिज्यू च्यालेन्ज कप २०२४

गोपाल काफ्ले/पथरी, ६ माघ,
“म होईन हामी खेल्नेछौ, अनि जित्ने छौ” भन्ने मुल नाराका साथ छैठौ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२४ हुने भएको छ । फागुन १० देखि १९ सम्म हुने प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।


शिविर ब्यावस्थापन समिति र युवा मैत्रि केन्द्रको आयोजनामा हुन लागेको छैठौ अन्तराष्ट्रिय आमन्त्रण शिविर च्यालेन्ज कप २०२४ को विजेताले नगद २ लाख १ हजार र उपविजेताले १ लाख १ हजारका साथ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक राइजिङ ब्रदर्स र सुजना डान्स सेन्टर रहेको छ ।

प्रतियोगितामा भारतको कञ्चनजङ्घा फुटबल क्लब, बेलबारी फुटबल क्लब, बिर्तामोड युनाईटेड झापा, फेयर क्लब धरान सुनसरी, वीवाइसी वेलडाँगी दमक, पथरी फुटबल क्लब, रारा क्लब धनकुटा, डाँगीहाट फुटबल क्लब मोरङ, सशस्त्र प्रहरी बल पकली सुनसरी र आयोजक वाइएफसी पथरीले प्रतियोगितामा सहभागी हुनेछ ।

भुटानबाट नेपाल हुदै तेस्रो मुलुक पुर्नास्थापना भएका नेपाली भुटानी दाजुभाईको आर्थिक सहयोगमो प्रतियोगिता छैठौ सस्करण सम्म आईपुगेको शिविर ब्यावस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक करण राईले जानकारी दिए । प्रतियोगिता मोरङको पथरीशनिश्चरे शिविर खेल मैदान र झापा दमकको बेलडागी खेल मैदानमा संचालन हुदै आएको छ ।

भुटानबाट लखेटिएका नेपालीहरुले नेपाल र नेपालीहरु संगको भाईचारा कायम गर्दै आफ्नो पहिचान कायम राख्ने उदेश्यका साथ फुटवल खेललाई निरन्तरता दिदै आएका छन । पथरी शनिश्चरे १० शरणार्थी शिविर क्यामको खेल मैदानमा हुने प्रतियोगिताको २५ लाख अनुमान गरिएको युवा मैत्रि केन्द्रका अध्यक्ष तथा खेल सहसंयोजक विनम राईले जानकारी दिनु भयो ।

प्रतियोगितामा विधागत पुरस्कार तर्फ मेन अफ द सिरिज १० हजार, बेष्ट कोल किपर, बेष्ट कोच, हाई स्कोर, बेष्ट डिफ्रेन्स, बेष्ट फर्वाड, बेष्ट मिडफिल्डर जनहि ५/५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच ३ हजार प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।
१० टिमको सहभागिता रहने छ ।

सम्बन्धित खवर