बिपि बन्द गराउने सोचमा मेयर हर्क : खेलकुद मन्त्रि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

बिपि बन्द गराउने सोचमा मेयर हर्क : खेलकुद मन्त्रि

 साइनो समाचारदाता/ धरान, ३ माघ, धरानका मेयर हर्क साम्पाङले वीपी प्रतिष्ठानमा आफैँ तालाबन्दी गरेर यहाँको स्थानीय सरकारले प्रतिष्ठान बन्द गराउने सोच प्रदर्शन गरेको युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले आरोप लगाएका छन् ।

नेपाल उद्यमशील महिला महासङ्घको ऊनको सामाग्री बनाउने तालीम उद्घाटन गर्न धरान आएका मन्त्री लिम्बुले भने ‘स्थानीय सरकार प्रमुख बिपी अस्पताल चलाउने मनस्थितिमा नभएर बन्द गर्ने सोचमा रहेकोले मेयर हर्क साम्पाङले आफै तालाबन्दी गरेका हुन ।’ वीपी प्रतिष्ठान धरानको मात्र सम्पत्ति नभएर राष्ट्रकै सम्पत्ति भएको अवस्थामा नगर प्रमुख जस्तो गरिमामय पदमा बसेका स्थानीय सरकार प्रमुख आफैले तालाबन्दी गर्ने अनि आफूलाई नसोधी ताला खोले ठिक हुँदैन भन्नु मूर्खतापूर्ण भएको उनको भनाई थियो ।

मन्त्री लिम्बुले प्रश्न गरे ‘स्थानीय सरकार प्रमुख तथा अस्पताल सिनेट सदस्य आफै भएर ताला लगाउने कस्तो खालको जनप्रतिनिधि छनौट गर्यो धरानले ?’ मन्त्री लिम्बुले जनप्रतिनिधि समन्वयका लागि निर्वाचित भएको हो कि द्वन्द्व सृजना गरी समस्या उत्पन्न गर्न निर्वाचित भएका हुन भन्दै धराने जनताले सोच पुर्याउन आग्रह गरेका छन् । बिपी प्रतिष्ठान मेडिकल शिक्षा प्रदान गर्ने र उपचारको सेवा सुविधा दिने स्थल भएकाले धराने जनताले ठुलो सम्पत्तिको रूपमा अधिग्रहण गर्न रक्षात्मक भूमिकामा उभिनु पर्ने उनले बताए ।

मन्त्री लिम्बुले भने ‘गलत छनौटले गलत परिणाम आउन सक्ने भएकोले धरानले असल नेतृत्व छनौट गर्नुहोस् ।’ सरकार वीपीको समस्या समाधान गर्ने उपायको छलफल र वार्तामा रहेकोले चाडै निष्कर्षमा पुग्ने बताउँदै मन्त्री लिम्बुले बिपी सञ्चालन गर्दा स्वास्थ्योपचारमा बढी भन्दा बढी सेवा सुविधा र मेडिकल शिक्षणबाट मुलुकका लागि डाक्टर उत्पादन गर्ने थलो भएको बताए । मन्त्री लिम्बुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभागीय मन्त्री मोहन बहादुर बस्नेत र मुख्य सचिवहरू सँग हिजै छलफल गरेको उल्लेख गर्दै मन्त्री परिषदमा र राजनैतिक दलहरू बिच समस्या समाधानका उपायका बारेमा छलफल हुने बताए ।

सम्बन्धित खवर