भु पु सैनिकका विद्यार्थीलाई नेपाली सेनाद्वारा ‘राष्ट्रिय सेवा दल’ को तालिम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, भदौ २२, २०८१

भु पु सैनिकका विद्यार्थीलाई नेपाली सेनाद्वारा ‘राष्ट्रिय सेवा दल’ को तालिम

साइनाे समाचारदाता/पथरी, ८ भदौ 

“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने उदेश्यका साथ नेपाली सेनाले देशका विभिन्न विद्यालयमा श्री राष्ट्रिय सेवा दल ल्ऋऋ सि सं. ४९ सिनियर डिभिजन र जुनियर डिभिजन तालिम गराउदै आएको छ । विपद व्यवस्थापन तथा उद्धार कार्यमा स्वयम् सेवक युवा तयार पार्ने उदेश्यका साथ राष्ट्रिय सेवा दलले मोरङका दुई स्थानमा सय दिने तालिम गराउदै आएको किशोर अवस्था देखिनै अनुशासन, नेतृत्व क्षमताको विकास, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना जगाउन श्री राष्ट्रिय सेवा दलले तालिम दिएको हो ।

तालिममा सहभागि छात्रछात्रालाई आत्मा रक्षका साथ देशको रक्षाका निम्ती ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक तथा समान्य सैनिक ज्ञानको तालिम गराउदै आएको छ ।मोरङको पथरी शनिश्चरेमा रहेको भु पु सैनिक अङ्ग्रेजी विद्यालय (सार्वजनीक शैक्षिक गुठी) र उर्लावारीको पशुपती आवासिय मा विका ३६÷३६ जना छात्रछात्रालाई जुनियर डिभिजन तालिम गराउदै आएको भु पु सैनिक अङ्ग्रेजी विद्यालय प्राचार्य उपेन्द्र कडेलले जानकारी दिनु भयो ।

नेपालका विद्यालयका छात्रछात्राहरूमा देश प्रति बफादारीको भावना जागृत गराई राष्ट्रिय सेवा भाव विकसित गर्न सैनिक तालीम दिदै आएको छ । योग्य र अनुशासित नागरिक बनाउदै उनीहरूमा नेतृत्वको क्षमता बढाउन राष्ट्रिय सेवा दलले सैनिक तालीम दिदै आएको छ ।

तालिम लिने स्छुक छात्रछात्रालाई युनिटमा भर्ना गरिई प्रारम्भिक र आवधिक सैनिक तालिम दिन सिकाईदै आएको छ । तालिम नेपाली सेनाबाट प्रदान गरिने भएकाले उत्त प्रशिक्षण प्राप्त छात्रछात्राले समुदायमा आउने जोखिम र विपतमा स्वयम सेवकको भुमिका निर्वाह गर्न सक्ने छन । एक युनिटमा १८ जना छात्र र १८ जना छात्रा रहेका छन । साउन ७ गते देखि सुरु भएको तालिम १०० दिनको हुने छ । प्रत्येक दिन विहान ६ बजेबाट ८ : ३० सम्म हुने तालिममा कक्षा ८ देखि १० सम्मका छात्रछात्रा सहभागी रहेका छन ।

सम्बन्धित खवर