श्रमिकहरुको आशु पुच्छ्ने रुमाल बन्न, मेरो उम्मेद्बारी -गणेश कार्की,दोहा कतार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

श्रमिकहरुको आशु पुच्छ्ने रुमाल बन्न, मेरो उम्मेद्बारी -गणेश कार्की,दोहा कतार

सरोज निरौला
मेरङ श्रावण ०७  गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को सचिव पदमा गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन ।

“गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नारा लिएर कार्कीले यो बर्ष सचिव पदमा आफ्नो उमेद्वारीको दावेदारी प्रस्तुत गर्नुभएको हो ।

२०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका कार्कीले नेपाल आर्मीको स्पेसल फोर्समा रहेर ८ बर्ष काम गर्नुभयो । वैदेशिक रोजगारीको क्रममा साउथ अफ्रिका, साउदी अरब हुदै २०१६ देखी कतारमा रहँदै आउनुभएको छ । कतारमा बैचारिक संगठन विवेकशील साझा पार्टीको झण्डै अढाई बर्ष अध्यक्ष पदमा रही समाज सेवामा निरन्तर लागी परीरहनु भएको थियो । आस्था राखेको पार्टीले जनताको मर्मअनुसार काम गर्न नसकेको भन्दै वहाँ पार्टी परिवर्तन गरी नेकपा एमालेमा प्रवेश गर्नुभायो । हाल नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च कतारको राष्ट्रिय समिति सचिवालय सदस्य पदमा रहि आप्रवासी नेपालीको हकहितमा काम गर्दै आउनु भएको छ ।

कोभिड १९ को विश्व माहामारीमा कतारमा रहेका नेपाली श्रमिक हरुको सेवामा आफ्नो ज्यानको प्रवाह नगरी दिन रात सहयोग र उद्धार सहित राहत बितरणमा अग्र स्थानमा रहेर कार्कीले सेवा गर्नुभयो । Covide 19 को समयमा आफ्नै पहलमा मधेस प्रदेशमा आर्थिक सहयोग गरी प्राथमिक उपचारका लागी सामाग्री खरिद गरि १५ दिने अभियान चलाउदै सहयोग संकलन गर्ने । अर्घाखाँची जिल्लामा आगलागी मार्फत सम्पुर्ण जायजेथा समाप्त भएका अत्यन्तै न्यून आय भएका ब्यक्तिको घर बनाउन कार्य पनी वहाँको पहलमा खर्च संकलन भएर भएको थियो । वहाँकै पहलमा विभिन्न क्षेत्रमा बृहत रक्तदान कार्यक्रम पनी सम्पन्न भइसकेका छन  ।

Covide 19 कै समयमा बागमती प्रदेशमा खना खान नपाउनेहरुलाइ आर्थिक सहयोग गरि खाना खुवाउने अभियान चलाउने, दोहा कतारमा नेपाली संघ सस्था अत्यन्तै धेरै भएकाले हरेक हप्ता त्यहाँ हुने कार्यक्रम बाट नेपाल भित्रने करोडौ रकम त्यही खर्च भएकाले त्यसको नियन्त्रणका लागी ब्यक्तिगत रूपमा सम्भन्धित निकाय सङ समन्वय गर्ने जस्ता काम गरेका कार्की समस्यामा परेका नेपालीको उद्दारमा अहिलेपनी अहोरात्र खटीनै रहनु भएको छ ।

एनआरएनए, एनसिसिमा भए गरेका अहिले सम्मका बेथितिहरुको अन्त्य गर्दै, दोहा कतारको नेपाली समाजलाई एकताबद्द ढंगले अगाडी बढाउने, गैरआवासीय नेपाली संघ कतारलाई राजनीति गर्ने अखाडा बाट मुक्त गर्ने, अफ्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने,प्रवासी श्रमीकका मागलाई संवोधन गराउन सधै लागी पर्ने जस्ता उदेश्य र संकल्प बोकेर आफु चुनावी मैदानमा होमीएको कार्कीको भनाई रहेको छ । ल्च्ल्ब् छाता संगठन भएकाले राजनीति मुक्त हुन पर्दछ पर्छ भन्ने अडान लिएर अगाडी बढेका कार्कीले कसैको नीगरानी रकसैको भनसुनमा नभई स्वत स्फुर्थ रुपमा चुनावमा होमिएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ म बिगतमा भए गरेका विभिन्न कमजोरीहरुलाई आफ्नो पहलमा शुधार गर्ने र यस कार्यकाल देखी पुनः बिगतका घटनाक्रमहरु नघटाउनको लागी मेरो उम्मेद्बारी हो । कतारको हकमा कुनै दल बिशेष भन्दा पनि पहिलो एक श्रमिक भएकाले पहिलो रोजाई श्रमजिवीहरुका लागी निरन्तर साथ सहयोगका साथ आफुले पाएको जिम्मेवारी बिवाद रहित तवरले पूरा गर्ने प्रतिबद्धताका साथ अघि बढ्ने । पार्टी भन्दा पनि श्रमिकका बिषयलाई पहिलो प्राथमिकता दिने उदेश्यले विशेष गरेर दोहा कतारमा हुनुहुने तमाम विवेक प्रेमी नेपालीहरुले मलाई सहयोग गर्नुहुने बिश्वासका साथ मैले आफ्नो उम्मेद्बारी दिएको छु । म प्रवासी नेपाली मञ्चमा आबद्द भएता पनि प्रवासी नेपाली मन्चको आधिकारिक उम्मेद्बार नभएकाले एक स्वतन्त्र उमेदवार हुँ” ।

एनआरएनए आइसिसि र एनसीसी कतारको २०२३ र २५ कार्यकालका लागि विभिन्न ४२ पदमा ९१ जनाले उम्मेदवारी दर्ता गराएको एनआरएनए कतारको निर्वाचन समितीले जानकारी गराएको छ । आगामी २७ र २८ जुलाई २०२३ मा निर्बाचन र २९ जुलाई २०२३ मा दशौ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको छ । डिजिटल पद्धति बाट राति १२ बजेसम्म ९नेपाली समयमा मतदान गर्ने समय सीमा तोकिएको छ ।

सम्बन्धित खवर