लायन्स पन्चकन्याद्वारा अमाह सिमसार र वमधारा परिसरमा वृक्षरोपण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

लायन्स पन्चकन्याद्वारा अमाह सिमसार र वमधारा परिसरमा वृक्षरोपण

साइनाे समाचारदाता /धरान

लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेको छ ।अमाह वन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रम भएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ नम्बर वडामा पर्दछ ।

आन्तरिक पर्यटकहरुमाझ अमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेको छ ।वृक्षारोपण कार्यमा अम्बक, अमला, तित्तिरि, सिरिस, सजिवन, किम्बु, बेल, अशोक, अर्जुन, रक्त चन्दन, पिपल, तेज पत्ता लगायत ३३ प्रजातिको बिरुवा रोपिएको आयोजक लायन्स क्लब अफ पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले बताइन । क्लबले लायन्स क्लबको सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य र वातावरण सँग सम्बन्धित सामाजिक कार्यहरू गर्ने योजना रहेको कार्यक्रममा जानकारी दिइन् ।  जङ्गली पशुपक्षीको आहारा हुने खालको फलफूलको बिरुवा सहित वृक्षारोपण गरिएको धरान सरोकार समाजका सल्लाहकार सरु जोशीले बताइन । यसले बढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्यूनीकरण गर्नमा सहयोग पुग्ने बताइएकाे छ ।

त्यसै गरी धरान–४ र १५ विचमा रहेको वमधारा परिसरमा ७ सय विभिन्न प्रजातीका बोट विरुवा रोपिएको छ । धरान सरोकार समाज, लायन्स क्लव अफ पन्चकन्याले बमधारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सामुदायिक सुरक्षा जालोको सहकार्यमा ७ सय फलफुल, तथा औषधीय गुण भएका विरुवा विहीबार रोपिएको हो ।लायन्स क्लव अफ पन्चकन्याकी अध्यक्ष एकता श्रेष्ठका अनुसार अमला, तितरी, सजिवन, किम्बु, वेल, सरिफा, आँप, सिरिस, अशोक, नीम, खनिउ, बोटल व्रस, अर्जुन, पलास, रिठ्ठा, रक्तचन्दन, तेजपत्ता, पिपल, बास, अस्नालगायत २३ प्रजातीका विरुवा रोपिएको छ ।

कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, सल्लाहाकार सरु जोशी श्रेष्ठ, सदस्य सम्राट श्रेष्ठ, नेपाल जेष्ठ नागरिक संघका अध्यक्ष सरला कायस्थ, लायन्स क्लव प्रदेश १ का डिस्टिीक्ट गवर्नर धिरज गुरुङ, फष्ट लेडी लाइन्स रेखा गुरुङ, सरिता राई (गुरुङ), लायन्स क्लव पञ्चकन्याका सचिव शाेधाना गुरुङ, बालगृह महासंघ प्रदेश १ की अध्यक्ष नैनकला न्यौपाने, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, बमधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र दर्नाल, भेन्चर वेस्ट इनर्जीका मदन श्रेष्ठ, फाेटाे पत्रकार महास‌घ सुनसरी अध्यक्ष विकास राईलगायत एसपी आर्मी टेनिङ सेन्टरसहितका २ सय स्वमसेवकहरुले विरुवा रोप्नु भएको थियो ।

 

सम्बन्धित खवर