काेशीटापुका 'सरस्वतीकली' र 'लक्ष्मीकली' आमा बन्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

काेशीटापुका ‘सरस्वतीकली’ र ‘लक्ष्मीकली’ आमा बन्दै

साइनाे समाचारदाता /काेशीटापु

असार २१, कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुइटा हात्ती गर्भिणी भएका छन्। वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुइटा हात्ती गर्भिणी भएका हुन्। वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन्। आरक्षणमा रहेका ‘सरस्वतीकली’ र ‘लक्ष्मीकली’ हात्ती गर्भिणी भएका हुन्।

निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताए। उनले उक्त आरक्षणमा साढे २ वर्षदेखि ७० वर्षका हात्ती रहेको बताए। दुई हात्तीले ३ महिनापछि बच्चा पाउनेछन्।

केही महिनाअघि कोशीटप्पु वन्यजन्तु आरक्षणमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षणले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जंगली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षण प्रमुख रामचन्द्र खतिवडाले बताए। उनले अहिले जंगली हात्ती आउने र वन्यजन्तु आरक्षणमा नै भाले हात्ती भएकाले हात्ती गर्भिणी भएर सन्तान ब्रिडिङ गर्ने आरक्षणमा नै भएको बताए।

प्रमुख खतिवडाले आरक्षणमा हात्तीको संख्या बढ्दै गए पनि माहुतेको दरबन्दी नभएको बताए। उनले सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षणलाई हात्तीको ब्रिडिङ सेन्टरको रूपमा विकास गर्नुपर्ने बताए। प्रमुख खतिवडाले प्रदेश १ मा जंगली हात्तीको आक्रमणलाई रोक्नको लागि स्रोत साधनको कमी रहेको गुनासो गरे।

उनले जंगली हात्तीले प्रदेश १ मा ठूलो समस्या सिर्जना गरे पनि त्यसलाई रोक्न प्रदेश र संघीय सरकारको ठोस योजना नबनाएको बताए ।आरक्षणमा ८ वटा हात्तीको रेखदेख गर्न २४ जना माहुते छन् । आरक्षणमा ७० वर्षकी अम्विकाकली जेठी हात्ती भए पनि उसले हालसम्म कुनै बच्चा जन्माएकी छैन।

आरक्षणमा अम्विकाकली, सरस्वतीकली, शोभाकली, दमदमीकली, लक्ष्मीकली, कुसाकली, र उत्तरिगञ्ज नाम गरेका ७ पोथी हात्ती छन्। हात्तीले २४ महिनामा बच्चा ब्रिडिङ गर्ने गर्दछ।

सम्बन्धित खवर