पथरी १ चैत –मुक्तिनाथा बिकास बंैकले एक दिने कृषि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
कृषकलाई लक्षित गरि गरिएको कृषक मुक्तिनाथ वितिय सासक्ता कार्यक्रममा ४० भन्दा बढि कृषक सहभागी रहेका थिए । मुक्तिनाथ बिकास बैक पथरी शाखाको आयोजनामा भएको कार्यक्रममा भारतिय कृर्षीक गोपाल उपाध्यले अग्र्यानीक खेतिमा लाग्न र खेतिगर्ने विधीबारे सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा कृषकहरुले कृर्षी सम्बन्धी उपयोगी शिक्षा पाएको बताएका थिए ।
कार्यक्रममा कृषकहरुलाई वितिय कारोवार, कागज पत्र र कृषीमा आइपर्ने समस्याका विषयमा मुक्तिनाथ बिकास बैकका क्षेत्रिय प्रमुख मनोज विष्टले सहजिकरण गर्नु भएको थियो । कृर्षी क्षेत्रलाई अघि बढाउ मुक्तिनाथ बैकले खेलेका भुमिका विषयमा बैकका क्षेत्रिय वि डि यो सुवास घिमिरे बताउनु भयो । कृषी र कृषकहरुलाई लक्षीत गरि संचालन गरिएको कार्यक्रमको सञ्चालन पथरी शाखाका कर्मचारी राकेश दाहालले गर्नुभएको थियो ।