१५ किसानका लागि १५ वटा भैंसी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, असोज ०५, २०८१

१५ किसानका लागि १५ वटा भैंसी

साइनाे समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरे नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर ९ स्थित महेन्द्रचोक साना किसान कृषि उत्पादक समूहमार्फत किसानहरुका लागि भैंसी, चिलिङ भ्याट र च्यापकटर वितरण गरिएको छ ।

कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राईले नगरमा कृषि तथा पशुपंक्षी व्यवसायको क्षेत्रमा नगरले प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिएको बताउँदै किसानहरुलाई उन्नतीको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य निर्मला गदाल, गीता विश्वकर्मा, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखा प्रमुख सावित्रा कार्कीले चुस्त दुरुस्त रुपमा कार्यक्रम सञ्चालन गरी नमूना बन्न शुभकामना व्यक्त गर्नुभयो ।

समूह अध्यक्ष डिल्लीराम भट्टराईको अध्यक्षताको कार्यक्रममा, १५ किसानका लागि १५ वटा भैंसी, एउटा विउ राँगो, दुध चिस्याउने एउटा चिलिङ भ्याट र घाँस, पराल काट्ने ५ वटा च्यापकटर वितरण गरिएको छ । प्रदेशकै नयाँ कार्यक्रमका रुपमा दुध मिसन कार्यक्रम अन्तर्गत भैंसी प्रवद्र्धनका लागि नगरको ७५ प्रतिशत र किसानको २५ प्रतिशतले हुन आउने नगरको १९ लाख ९४ हजार र समूहको ५ लाख ९० हजार गरी २५ लाख ८४ हजार रकम रहने छ । तालिम, औषधिका कार्यक्रम पनि समेटिएका छन् ।

सम्बन्धित खवर