पथरीका क्षितिजले खेत खेतमा उडाए ड्रोन, हेर्नेको घुईचो । - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, असोज ०५, २०८१

पथरीका क्षितिजले खेत खेतमा उडाए ड्रोन, हेर्नेको घुईचो ।

सराेज निराैला/ पथरी
१७ गते बिहबिार मोरङको पथरीमा हाडिफोरले हिलो खेतमा माछा टिप्दै गरे जस्तो देखिने नौलो बस्तु देखियो । हेर्ने मानिसहरुको पनि बाक्लै भिड थियो । एक छेउमा २ युवाहरु ईसारा गर्दै थिए हिलो खेतमा भित्र उडिरहेको बस्तुलाई । त्यो बस्तु थियो कृषि उपकरण ड्रोन । चलाउने युवा थिए पथरी शनिश्चरेका क्षितिज सुब्बा र नवलपरासीका रवि गुरौ । नेपालमै प्रथम पटक आविश्कार गरेको ड्रोनबाट खेतमा औषधी छिट्न पाउँदा खुशी देखिन्थे क्षितिज ।

२ बर्षको अनुशन्धान पछि ड्रोन प्रयोगमा आएको उनिहरुको भनाई छ । उनीहरु संग नेपाल भरीका ५ जना साथि छन । ५ जनाको टिमले काठमाडौको मधुकर ड्रोन सेन्टरमा ड्रोनबाट कृषिमा क्रान्ति गर्ने अभियानमा सुरु गरेका छन । आफू पढेको स्कुर र हुर्केको स्थानमा प्रदशन गर्न पनउदा नसोचेको खुसी महसुस भएको सुनाउछन क्षितिज ।

कृषक र कृषी संस्थाहरुका लागि उपयोगी औषधी छिट्ने उक्त ड्रोनले १० मिनेटमा ४ विघ्घा जमिनमा औषधी छिट्ने छ । २५ देखी ४० केजि सम्म बोकेर २५ देखि ४० मिनेट सम्म उड्ने सक्ने क्षितिजले बताए । जस्ले गर्दा कृषकले बल प्रयोग गर्नु नपर्ने, समय बचत हुनु, विसादी छर्दा कृषकलाई असर नगर्ने, हिलोमा पस्नु नपर्ने जस्ता सुविधा रहेको छ ।

ड्रोन बनाउन सुरुमा ८ बाट सुरु गरेको तर विभिन्न समस्याका र विदेशी अवसरले हाल ५ जना मात्र रहेको उनको गुनासो छ । हाल सम्म मधुकर ट्रोन सेन्टरका संचालक उज्जल घिमिरेको सहयोगमा अनुशन्धान हुदैछ । ब्याक्तिको लगानिमा यो खाल्को आविश्कार गर्न ठूलो चुनौती रहेको क्षितिजको भनाई छ । ८ जनाबाट ५ जनामा आइपुग्दा धेरे सास्या रहेको उनको भनाई छ । राज्यले पाटपुर्जा ल्याउन, बनेका सामनहरुको परिक्षण गर्न र राज्यले प्रयोगमा ल्याईदिए विदेश पलायन हुनु नपर्ने क्षितिजले बताए ।

उनिहरु किसानको समय बचत गर्दै बिना कष्ट, झन्झट र १० जनाको काम १ कै जनाले सुरक्षित गर्न सकिन्छ भन्दै खेतमा प्रयोग गर्दै बताउदै थिए । क्षितिज आफ्नै देशमा केही गर्नु पर्छ भनेर लागि परेका युवा हुन । उनी काठमाडौबाट १ हप्ताको कार्यक्रम लिएर मोरङको पथरी शनिश्चरे आएका हुन । मौसम अनुकुल नभएकाले ठाउँ ठाउँमा परिक्षण गर्न असम्भव भएकाले एकै दिनमा सक्नु परेको थियो ।
तर कृषिमा क्रान्ति गर्न निस्किएका युवा कृषको समस्या बुझ्न गाउँ गाउँमा छन । आगामी दिनमा अझ सुधारेर नयाँ प्रविधीका साथ कृषक माझ आउने क्षितिजको भनाई छ ।


क्षितिजलाई हौसला प्रदान गर्न उनी पढेको अन्न पुर्ण बोडिङ र पञ्चायत मा विले पनि परिक्षण स्थलमा सहभागी जनाएका थिए ।
मोरङको पथरीशनिश्चरेको अन्न पुर्ण बोडिङमा एस एल सी पास गरेका क्षितिज पञ्चायत मा विबाट प्लस टु साइन्समा उतिर्ण गर्दै हाल काठमाडौको मधुकर ड्रोन सर्भिस सेन्टरमा रहेर कृषि उपकरणहरु बनाउन लागि परेका छन ।

सम्बन्धित खवर