असार १५ मा कुटो कोदालीद्धारा उपप्रमुख यमुना विष्ट सम्मानित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असोज ०२, २०८१

असार १५ मा कुटो कोदालीद्धारा उपप्रमुख यमुना विष्ट सम्मानित

१८ औं राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सवका अवसरमा आज मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित ३ जना सम्मानित हुनु भएको छ ।

वडा नम्बर ६ को भातेगौंडास्थित कुटो कोदाली कृषि सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लामा मात्र नभएर १ नम्बर प्रदेशमै सवैभन्दा बढी संख्यामा विवादहरु निरुपण गरेकोमा नगर उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको हो । त्यस्तै, कृषि तथा पशुपंक्षीको क्षेत्रमा कृषकलाई प्रोत्साहित गर्दै कार्यक्रम तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल र कृषि शाखा प्रमुख सावित्रा कार्कीलाई पनि सम्मानपत्रले सम्मानित गरिएको छ ।

नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु सहभागि भई धान रोप्ने कार्यक्रममा सहभागि वन्नु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले कृषिप्रधान नगरमा कृषि क्षेत्रको विकासमा नगरले थप प्रगति गर्न बाँकी रहेको उल्लेख गर्दै प्रगतिको प्रयास भइरहेको जनाउनु भयो । नगरपालिकाको सहयोगमा ‘धान उत्पादनमा बृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराकासाथ पञ्चेवाजा बजाएर नाचगान गर्दै दहीचिउरा खाएर दिवशलाई हर्षाेल्लासपूर्वक मनाइएको थियो । त्यहाँ यशोदा पाण्डेको १६ कठ्ठा जग्गामा सामुहिक रोयाईं गरिएको थियो ।

त्यसैगरी, पथरी कृषि सहकारी संस्थाका आयोजनामा वडा नम्बर ६ मै कृष्ण आचार्यको खेतमा भएको सामुहिक रोपाईंमा पनि नगर प्रमुख, उपप्रमुख सहितको सहभागिता रहको थियो ।

सम्बन्धित खवर