महिला एन्फा रेफ्रि जमुना मगरलाई हातपात (भिडियाे सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

महिला एन्फा रेफ्रि जमुना मगरलाई हातपात (भिडियाे सहित)

साइनो समाचारदाता
पथरी/ नेपालले बाङ्लादेशलाई २–१ गोलले पराजित गर्दै थ्री नेशन्स कपको बिजेता बनि रहदा मोरङको पथरी शनिश्चरेमा भने महिला एन्फा रेफ्री जमुना मगर माथि हातपात भएको छ । नेपालले जितको खुसी मनाई रहदा मोरङमा भने भरखरै उदाउदै गरेका महिला एन्फा रेफ्रि माथी यस्तो ब्यवहारले खेल जगत नै दुखी बनाएको छ ।


मोरङको पथरीशनिश्चरे शरणार्थी सिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता—२०७७ को मंगलबारको खेलमा महिला रेफ्रि जमुना मगर माथि हातपात भएको हो । मंगलबार होलिका दिन भएको खेलमा बेलडागी सिवर र पथरीशनिश्चरे वडा नं. १० बिच खेल भएको थियो । खेल सकिए लगतै पथरीशनिश्चरे वडा नं. १० का खेलाडीहरु संगै मैदान प्रबेश गरेका १० का समर्थकहरुले हातपात गरेका थिए ।

प्रतियोगितामा खेलाडी र समर्थकको त्यो ब्यवहारले महिला साहायक रेफ्रि जनुना मगरको कानमा चोट पुगेको छ । मगर माथि भएको दुरब्यावहार र हात पातले खेलाडी, कोच, फुटवल टिम र खेल प्रेमि समर्थकहरु अनुसासन र चेतनाको स्तर कति छ भन्ने प्रश्न उठेको छ । प्रतियोगितामा हार बेहोरेको वडा नं. १० ले खेल सकिए लगतै रेफ्रि मनिष खड्का माथि दुब्र्यवहार गेका थिए । खेलाडीको त्यो कदमबाट रेफ्रि र साहायक रेफ्रि प्रति आक्रोसीत बनेका १० का समर्थले अन्धाधुन्दा रेफ्रिहरु माथी हातपात गरेका थिए । पहिलो हाफमा १ गोल खाएको वडा नं. १० ले दोस्रो हाफमा एक गोल गर्दै १ गोल खाएको थियो । पुरै खेल खेले पनि पटक पटक लगाएको गोल मान्यता नदिएका कारण समय सकिए संगै झगडा भएको थियो ।

स्थानीय र शरणार्थीवीच मैत्री पूर्ण सम्बन्ध कायम रहोस भन्ने उदेश्यका चैत्र ७ देखि सुरु भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकाको १० टिम र भुटानी शरणार्थी शिविर शनिश्चरे मोरङ र झापाको बेलडागी शिविरबाट दुई–दुई गरी जम्मा १४ टिम सहभागि रहेका छन ।
प्रतियोगिताको बिजेता टिमले ७५ हजार रुपैयाँ र दोस्रो हुने टिमले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगिता भुटानी शरणार्थी शिविर स्थित खेलकुद मैदानमा भुटानी शरणार्थी शिविर सी.वाई.सी.को आयोजना सुरु भएको थियो ।

सम्बन्धित खवर