काठमाडौं । उत्तरी नाका तातोपानीबाट नेपालमा पहिलो पटक रसायनिक मल आयात भएको छ । यसअघि भारतसँग सिमाना जोडिएका दक्षिणी नाकाबाट मात्र रसायनिक मल आयात हुने गरेकोमा पहिलोपटक उत्तरी नाका तातोपानीबाट पनि मल आयात भएको हो ।
फागुन २३ गते पहिलोपटक साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनिले मल आयात गरेको हो । साल्ट ट्रेडिङले उत्तरी नाकाबाट ४ हजार टन अर्थात ८० हजार बोरा मल आयात गर्दैछ । जसमध्ये शुक्रबारसम्म २ सय ८० टन मल आइसकेको छ । कृषि मन्त्रालयका सह–सचिव कञ्चनराज पाण्डेले उत्तरी नाकाबाट परीक्षणका लागि सुरुमा सानो परिणाममा मात्रै मल ल्याइएको जानकारी दिनुभयो ।