पर्यटकिय स्थान वन्दै वाख्रिवास धनकुटाकाे संसारी सिमसार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

पर्यटकिय स्थान वन्दै वाख्रिवास धनकुटाकाे संसारी सिमसार

साइनो समाचारदाता तेह्रथुम । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्कै परेकाे रंगीन घरहरु, प्रकृतिको सुन्दरप्रतिक झैं देखिने, विभिन्न मूर्तिहरुसँगै सजिएको छ । धनकुटाको पाख्रिबासमा रहेको सन्सारी सिमसार ।
यो सुन्दर सिमसारमा रमाइ रहेका हुन्छन् पर्यटकहरु, सिमसार क्षेत्रलाई पर्यटकीय रुपमा विकास गरेसँगै पर्यटकहरुको आकर्षण बन्न थालेको छ । केही वर्ष अघिसम्म जंगलझैं देखिएको सिमसार क्षेत्र यतिबेला पर्यटकहरुको भरिभराउ देखिने गरेको छ ।

धनकुटा सदरमुकामदेखि १९ किलोमिटर उत्तर तर्फको यात्रा गरेपछि संसारी क्षेत्र पुग्न सकिने यो सिमसार पर्यटकको आकर्षणको केन्द्र बनेको छ । चियाका बुट्टासँगै पर्यटकहरु तस्विर लिइ रहेको हुन्छन् । यहाँ पुग्ने पर्यटक तालमा कोही बोटिङ गरि रहेका हुन्छन् त कोही वनभोजमा ब्यास्त रहेका हुन्छन् । विभिन्न आकृति, चियाबारीसँगै तालमा रमाउँदा छुट्टै आनन्द लिने गरेको आन्तरिक पर्यटक किरण भुजेले बताए ।

२५ रोपनी क्षेत्रफलमा रहेको संसारीमा बगेर खेर जाने पानीलाई बाँध बाँधेर बनाइएका जोर पोखरीमा बोटिङ गर्ने व्यवस्था गरिएको छ । संसारीमा बुद्व, काली, हनुमानको मूर्ति निर्माण भइसकेको छ भने यो वर्ष प्रदेश सरकारको २० लाख लगानीमा ४ वटा मिनी चिडियाखाना, शिवको मूर्ति, मूर्ति वरिपरि रेलिङले संरक्षण गरीएका छन् । यस क्षेत्रमा स्थानीयका साथै पूर्वी तराईका जिल्लाहरुबाट पर्यटक आउने गरेका छन् ।

दैनिक २ सयदेखि बिदाको दिन एक हजार दुई सयसम्म पर्यटक आउने गरेको सन्सारी सिमसार संरक्षण समितिका सदस्य श्यामप्रकाश राईले बताए । साना तथा ठूला सवारी साधानबाट सहजै पुग्न सकिने यो सिमसार क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको सफल गन्तब्यको रुपमा देखिएको छ । संसारीमा बुद्व, काली, हनुमानको मूर्ति निर्माण भइसकेको छ ।

सिमसार क्षेत्र निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति, भू–संरक्षण कार्यालय लगायतले आर्थिक अनुदान दिएका थिए भने २०६९ सालमा तत्कालीन सांसद धनमाया विकको सांसद विकास कोषबाट १० लाख रुपैयाँ अनुदान आएको थियो । प्रदेश सरकारले हालसम्म ३४ लाख रकम बिनियोजन भएर पर्यटन विकासमा काम भइरहेको छ ।

सम्बन्धित खवर