सिगानाको सुन्तला चैतलाई भण्डारण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, असोज ०५, २०८१

सिगानाको सुन्तला चैतलाई भण्डारण

रासस / कोरोना महामारी नभएको भए यतिबेला सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी भने भित्रिरहेको छ ।

सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तलाको फसल लिन भ्याइनभ्याइ छ । बोटमै आउने व्यापारी र गाउँछेउका उपभोक्तालाई सुन्तला तौल गरेर बिक्री गर्दा दिन बित्ने गरेको किसान बताउँछन् ।

यतिबेला चिसो बढ्दै छ । सुन्तलाको गुणसमेत चिसो भएकाले बगानमा पुग्ने जो कोहीले किसानलाई गर्मी मौसमका लागि सुन्तला राख्न सुझाउँछन् । किसान टोपबहादुर खड्का भन्नुहुन्छ, “धेरै सञ्चित गरेर राख्ने ठाउँ छैन् थोरैथोरै राखेका छौँ ।” टोपबहादुरको आफ्नै शीतभण्डार छ । अहिले बगानबाट प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको सुन्तला दुई महिना मात्रै सुरक्षित राख्न सके चैत–वैशाखको समयमा तीन गुणा बढी मूल्य पर्ने उहाँले सुनाउनुभयो ।

उहाँ जस्तै सुन्तला फलाएका किसान सबैले आफ्नै लगानीमा शीतभण्डार बनाउन सक्दैनन् । पछिल्लो पटक गणेश व्यावसायिक कृषि सहकारीले किसानलाई शीतभण्डार बनाउन सहयोग गरेको छ । दुई वर्ष पहिला गण्डकी प्रदेश सरकारले यहाँ शीतभण्डार निर्माणका लागि रु ३० लाख अनुदान दिएको थियो ।

सरकारको अनुदान, किसानको श्रमदान र वडा कार्यालयको थप सहयोगमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माण भएको स्थानीय किसान गणेश थापाले बताउनुभयो । ‘‘यो त सानो भण्डार हो, यहाँ सुन्तला धेरै फल्छ’’, थापाले भन्नुभयो, “सबै सुन्तला सुरक्षित राख्ने गरी यस्ता पाँच/छ वटा चिस्यान केन्द्र बनाउनु पर्छ ।” सिगानामा बनेको चिस्यान केन्द्रले धेरै थोरै किसानलाई सघाएको छ ।

गत वर्ष चिस्यान केन्द्रमा राखिएको झण्डै ८ टन सुन्तला कुहिएर गयो । विद्युत्मा आइरहने समस्याका कारण सुन्तला कुहिएको किसान सुरेन्द्र खड्काले बताउनुभयो । ‘‘वैकल्पिक व्यवस्था नहुँदा बिजुली जाँदा चिस्यान केन्द्र तातेर सुन्तला कुहिए’’, खड्काले भन्नुभयो, “यो वर्ष थोरै राखेर सुरक्षित गर्ने योजनामा छौँ ।” किसानले समस्या बताएपछि बागलुङ नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रबन्ध गर्न थालेको छ ।

रु छ लाख खर्चेर जेनेरेटरको व्यवस्था गरेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘हामी सिगानमा सात वर्षमा दुई लाख सुन्तलाका बिरुवामा फलाएर आठ अर्ब रुपैयाँ भित्र्याउने लक्षमा छौँ’ पौडेलले भन्नुभयो,“किसानको अवश्यकता पूरा गर्न सधैं तयार छौँ ।” चिस्यान केन्द्रमा राखिएको सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायतका स्थानमा गर्मी समयमा बिक्री हुने गरेको छ ।

गत वर्ष सिगानाका सुन्तला किसानले दुई करोड रुपैयाँ भित्र्याइका थिए । चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिँदा किसान मर्कामा परे । यो वर्ष उत्पादनमा कमी आएकाले चिस्यान केन्द्रमार्फत महँगोमा बेच्ने दाउमा उनीहरु छन् । ‘‘एउटै चिस्यान केन्द्रले हामीलाई आशावादी बनाएको छ’’, खड्का भन्नुहुन्छ, “अझै ठूलो परिणाममा सुन्तला राख्न सक्ने चिस्यान भए, फलेकामध्ये आधा सुन्तला गर्मी मौसममा बिक्री हुन्थ्यो ।”

यस वर्ष १० टन सुन्तला चिस्यान केन्द्रमा राखिएको किसानले बताए । वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ । ती बिरुवामा फल लाग्दा थप चिस्यानको आवश्यकता पर्ने वडाध्यक्ष राजन जिसीले बताउनुभयो । वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । सुन्तला लगाउँदा गुमेको कृषिउपज बराबरको रकमसमेत नगरपालिकाले दिएको छ । नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् ।

सम्बन्धित खवर