‘बञ्जी’मा जोडीको आकर्षण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

‘बञ्जी’मा जोडीको आकर्षण

रासस / अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन् । एक्लै डराउनेहरु एकअर्को साथीको साहाराबाट बञ्जी गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।

पोखरा–२५ स्थित हाइग्राउन्ड एडभेन्चर्समा बञ्जीको मज्जा लिएपछि भक्तपुर बालकोटकी २५ वर्षीय नविना दवाडीले भन्नुभयो, “निकै पहिलेदेखि बञ्जी गर्ने रहर थियो, तर एक्लै गर्नसकेको थिइन । उहाँ (श्रीमान् देखाउँदै) को साथले आट आयो, डरलाई जितेको अनुभव गरेँ ” दवाडीले लामो समयको सपना श्रीमान्को साथमा पूरा गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । सँगै मुस्कुराइरहनुभएका सन्दिप सुवेदीले पनि श्रीमतीको सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । “हामी नवविवाहित जोडी हौँ, उनको सपना पूरा गर्न साथमा लिएर बञ्जी गरेँ, डरभित्रको आनन्दमा हामी रमायौँ”, सुवेदीले भन्नुभयो, “एडभेन्चर्स भनेकै डरसँग सम्बन्धित हुन्छ जति डर जति चुनौती उति मज्जाहुन्छ हामीले त्यो अनुभव हासिल ग¥र्यौँ ।”

काठमाडौँ बालुवाटारका २७ वर्षीय सफिन श्रेष्ठले पनि २२ वर्षीय श्रीमती सनिसा श्रेष्ठको साथमा बञ्जीको अनुभव निकै स्मरणीय रहेको बताउनुभयो । उहाँले एक वर्ष अघि विवाह गरेपछिसँगै बञ्जी गर्ने रहरलाई बल्ल पूरा गर्न पाएको बताउनुभयो । “हामीले निकै पहिलादेखिसँगै बञ्जी गर्ने सोच बनाएको तर कोभिड–१९ का कारणले रोकिएका थियौँ, पोखरामा ‘कपल’ बञ्जी हुन्छ भन्ने थाहा पाएपछि यहाँ आएर त्यो रहर पूरा ग¥र्यौँ”, बञ्जीको अनुभव सुनाउँदै सनिसाले भन्नुभयो, “ओहो निकै डरलाग्दो रहेछ, एक्लै भएको भए त सक्दिन थिएँ होला, उहाँको साथले आत्मविश्वास बढ्यो, डरलाई जितेँ ।”

बञ्जी सञ्चालक कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले पछिल्लो समय बञ्जी गर्ने जोडी (टेन्डम) सङ्ख्या बढिरहेको बताउनुभयो । “हामीले शुरुमा सन् २०१० मा पोखरामा साहसिक खेल जीप लाइन शुरु गरेका हौँ, त्यसपछि सन् २०१४ बाट बञ्जी सञ्चालनमा ल्यायौँ । शुरुका पाँच वर्ष अक्टुबरको समयमा फुलमुन बञ्जी (रातिमा गर्ने) ग¥र्याँै भने सन् २०१९ देखि जोडी बञ्जी अर्थात् टेन्डम शुरु गरेका हौँ, अहिले जोडीहरुको आर्कषण बढ्दै गएको छ ।” उहाँले जोडीमा एक अर्को साथीसँग जम्प गर्ने सकिने बताउनुभयो । “एक अर्को साथी जोसँग पनि जम्प गर्न सकिन्छ दाजुबहिनी, श्रीमान् श्रीमती, दिदीबहिनी, दाजुभाइ, दुई साथी सबैले गर्न सक्छन् ।”

उहाँले भन्नुभयो, “जोडी भन्ने वित्तिकै गर्ल फ्रेण्ड ब्याइ फ्रेण्ड मात्र भनेर बुझ्ने गरेको तर बञ्जीमा त्यस्तो हुँदैन जो कोही साथीसँग पनि बञ्जी गर्न सकिन्छ ।” कोभिड–१९ का कारण लामो समय बन्द रहेको बञ्जी पुनः सञ्चालनमा आएसँगै आन्तरिक पर्यटक आउने थालेको उहाँको भनाइ छ । कोभिड–१९ अघि ४५ प्रतिशत नेपाली र ६५ प्रतिशत बञ्जी गर्थे भने अहिले सबै आन्तरिक पर्यटक मात्र छन् ।

पोखरा सुन्दर शहर विदेशी पर्यटकको आर्कषक गन्तव्य भए पनि साहसिक खेल त्यति नभएकाले गोल्छा अर्गनाइजेशनले सन् २०१० मा जीपलाइन निर्माण गरी सन् २०१२ मा शुरु गरेको थियो भने त्यसको दुई वर्षपछि जीपलाइनको ‘डाउन स्टेशन’मा उक्त कम्पनीले बञ्जी टावर निर्माण गरेको हो । बञ्जीमा नेपालको पहिलो टावर बञ्जी एशियामा पहिलो व्यावसायिक टेन्डम भएको प्रबन्धक महर्जनको दाबी छ ।

“अहिलेसम्मको अवस्थालाई हेर्दा टेण्डममा व्यावसायिक बञ्जी गराउने हामी नै हौँ”, महर्जनले भन्नुभयो । महर्जनका अनुसार गोल्छा अर्गनाइजेशनका शरद गोल्छा र अविनव चुरिवालको लगानी रहेको यस कम्पनीले आगामी दिनमा एडभेन्चर्समा थप नयाँ अवधारणा समेत बनाइरहेको र सहज वातावरण भएपछि सार्वजनिक गर्ने तयारी रहेको छ । पोखरा–१८ सराङ्कोट जीप लाइनको अपस्टेशन तीन रोपनी र पोखरा–२५ हेम्जाको डाउन स्टेशनमा ४ रोपनी जग्गा कम्पनीले खरिद गरी बञ्जी र जीप लाइन सञ्चालनमा ल्याएको हो । बञ्जीबाट ८५ मिटरसम्म जम्प गर्न सकिने गरी १२५ मिटरसम्मको बन्जीको उचाइ रहेको छ । उक्त बञ्जी जम्पमा करिब ८ करोडको लगानी भएको कम्पनीले जनाएको छ ।

टेण्डम बञ्जीको अवधारणाबारे महर्जनले भन्नुभयो, “शुरुमा अलि रिस्क हुन्छ कि भन्ने सोच्यौँ, दुई जनाको जम्पमा बाउन्स गर्दा ठोकिन्छ कि भन्ने लागेको थियो तर लामो समय परीक्षण गरेपछि सुरक्षित हुने ग्यारेन्टी भो अनि सञ्चालनमा ल्यायौँ ।” उहाँले दुई जना जम्प गर्दा गफ गर्नसमेत मिल्ने भएकाले एक्लै डराउनेका लागि जोडी बञ्जी उपयुक्त हुने बताउनुभयो । उहाँका अनुसार बञ्जी युरोपका ल्याटभियाको पे्रmन्चाइज हो । इयु स्टान्डर्टको सामग्रीको प्रयोग गरिएकाले सुरक्षित र भरपर्दो हुने उहाँको भनाइ छ । ल्याटभियाकाको जम्प मास्टर नेपाल प्रत्येक ६र६ महिनामा दुईरदुईजना आएर तीन वर्ष तालीम प्रदान गरी सर्टिफाइड गरेका दक्षजनशत्तीले अहिले बञ्जी गराउने गरेका छन् ।

पोखराको सुन्दरतामा लोभिने र साहसिक खेलमा रुची राख्नेका लागि बञ्जी र जीपलाइन बरदान सावित हुने गरेको उहाँ बताउनुहुन्छ । हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले कोरोनाको कहरसँगै चैत ११ देखि बन्द भएको कम्पनी असोज १९ देखि पूर्ण सञ्चालन गरेको थियो । कम्पनीका अनुसार असोज १९ देखी पुस १६ सम्म एक अजार २३० जनाले सहासिक खेल बञ्जी जम्पको मज्जा लिएका छन् भने करिब ७० प्रतिशत टेण्डम (जोडी) छन् । त्यसमा पनि ९० प्रतिशत नवविवाहित जोडीहरु छन् ।

साहसिक खेल प्रवद्र्धनका अभियानकर्मी विष्णुकान्त घिमिरे पछिल्लो समय धेरै युवापुस्ताले बञ्जी जम्पको भिडियो टिकटकमा पोष्ट गर्न थालेपछि पनि यसको ‘क्रेज’ झन् बढ्दै गएको सुनाउनुहुन्छ । “अहिले साहसिक खेलमा रुचि राख्नेहरुसँगै सामाजिक सञ्जाल टिकटकलगायत एक अर्काको अनुभवले बञ्जी गर्नेलाई लोभ्याइरहेको छ ।” उहाँले यस्ता गतिविधिले साहसिक खेलको प्रवद्र्धनमा सघाउ पु¥याएको बताउनुभयो । उहाँका अनुसार अहिले नेपालमा भोटेकोशी पोखरा र कुश्मामा गरी तीन ठाउँमा बञ्जी सञ्चालनमा रहको पोखरा रातो पैह्रो बञ्जी निर्माण प्रक्रिया सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ ।

सम्बन्धित खवर