धरानमा जिपलाइन खेल शुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

धरानमा जिपलाइन खेल शुरु

साइनो समाचारदाता
धरान । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा ९¥याफ्टिङ० शुरु गरे पछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका छन् । पाराग्लाडिङ पछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाईन खेल शुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नु भएको जिपलाइन खेल सात महिनापछि आजबाट शुरु भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भए पछि बन्द भएको थियो ।

भेडेटारमा २ वर्ष अध्ययन गरेर करिव ३ करोड लगानीमा जिपलाइन शुरुआत गरेको सञ्चालक मध्येका एक विवस भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०÷४० सेकेण्ड लाग्छ । क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ गरी तीन प्रकारको सुविधा दिइदै आएको छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन भने सुपरम्यानमा उडे झै गरी फ्लाइङ गर्छन । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् ।

क्लासिकको एक हजार दुई सय, सुपरम्यानको एकहजार पाँच सय र कपलको एकहजार आठ सय रुपँैया मूल्य तोकिएको छ । तारको क्षमता ११ हजार किलो भारको छ । सेफ्टी बेल्ट९हार्नेस० २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सयकेजीसम्मको रहेको कम्पनिले जनाएको छ । साहसिक पर्यटकहरुको ५ लाखका बीमा पनि भएकोले सुरक्षाको चिन्ता लिन नपर्ने सञ्चालक बताउँदछन् ।

नेपालमा हँुदै आएका १६ वटा साहसिक खेलमध्ये पाँच/छ वटा खेल धरानमा सम्भावना रहेको धरान उपमहानगरपालिकाका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङले जानकारी दिनु भयो । उहाँका अनुसार धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ विपलाइन, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ । साइकिलिङ बोटिङ खेल निजीस्तरबाट भइरहेका छन् । धरानका युवा व्यवसायी मदन ढकालले धनकुटाको मुलघाटबाट चतरासम्म जलयात्रा ९¥याफ्टिङ० सेवा दिदै आएको छ । छोटी मोरङ र दानाबारीबाट पाराग्लाइडिङको उडान भइरहेको छ ।

 

रासस

सम्बन्धित खवर