धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि

साइनो समाचारदाता
धरान । फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ ।

यो घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धरानवासीको यसमा लगानी छ । यो निर्माणका लागि पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गर्नुभएको थियो । उहाँकै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको छ । यहाँभित्रको बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ ।

घण्टाघरको विशेषता यति मात्र होइन । पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने र साथमा मोबाइल नबोक्नेका लागि समय भन्दिने स्थान पनि हो । एकनासले एउटा काममा अलमलिएको बेला घण्टाघण्टामा घण्टाघरको आवाजले चनाखो बनाइदिन्छ । धरानका बजार क्षेत्रका मान्छे प्रायः यही घण्टाघरको आवाजले आफ्नो दैनिकी शुरु गर्छन् । “बिहान यसैले ब्यँुझाउने गर्छ”, भानुचोकमा पत्रिका बेच्ने व्यवसायी अर्जुन श्रेष्ठ भन्नुहुन्छ, “यो त गरिबको घडी पनि हो ।”

घण्टाघर परिसरमा विसं २०४५ को भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा भूकम्प स्मारक बनाइएको छ । धरानमा त्यसबेला भूकम्पले निकै क्षति पुर्याएको थियो । विसं २०४५ भदौ ५ गते बिहान ५ः०० बजे गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यतिबेला धरान नगर क्षेत्रका ११६ जनाको मृत्यु भयो भने एक हजार ५०० जना घाइते भएका थिए । त्यतिबेला मृत्यु हुनेहरुको सम्झनामा भूकम्प स्मारक बनाइएको हो । यो पनि यतिबेला पर्यटकको गतव्य बनेको छ ।

घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट धरान बजारलाई धितमरुञ्जेल हेर्न सकिन्छ । घण्टाघर बाह्य पर्यटकका लागि घुम्ने र स्थानीयवासीलाई भेटघाट, चियागफका लागि पनि सजिलो भएको छ । घण्टाघरका सुपरभाइजर केशव न्यौपानेका अनुसार दैनिक सरदर २०० को हाराहारीमा घण्टाघर प्रवेश गर्छन् । उद्यान घुम्न मात्र रु १० शुल्क तिर्नुपर्छ । घण्टाघर चढ्न रु २० शुल्क तिर्नुपर्छ । भिडियो सुटिङका लागि रु ५०० तिर्नुपर्छ तर विगत चैतबाट कोरोनाका कारण घुम्न आउने शून्य भएका छन् ।

धरान उपमहानगरपालिकाको २० वर्षे दीर्घकालीन सोचअनुरूप पर्यटकका लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचानसमेत गराउने उद्देश्यले धरानको भानुचोकमा रु ५६ लाख ३९ हजार लागतमा घण्टाघर निर्माण भएको थियो । घण्टाघर धरान हङकङ मञ्चको सहयोगमा निर्माण गरिएको हो ।

हङकङस्थित घण्टाघरकै नमूनाको उक्त घण्टाघर जमिनभन्दा माथि ७६.५ फिट उचाइको छ । पचपन्न फिटको उचाइमा गएर एकपटकमा करिब ५० जनासम्मले वरिपरि परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्नेछन् । पूर्वी नेपाल घुम्नका लागि पर्यटकीय ‘हब’को रूपमा धरान विकास भएको धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी बताउनुहुन्छ । नेपालकै आधुनिक शहरका रूपमा आफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार पनि हो ।

अण्डरग्राउण्डसहित छ तलामा बनेको घण्टाघरभन्दा वरपरका घरलाई बढी तला थप्न उपमहानगरपालिकाले इजाजत दिएर घण्टाघरलाई ओझेलमा पार्ने काम भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

रासस

सम्बन्धित खवर