साइनो समाचारदाता
काठमाडौं । मोडेल तथा गायक दुर्गेश थापा र अभिनेत्री एलिजा गौतम अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक भएको छ । ईनाक्षी ईन्टरटेनमेन्ट मार्फत भिडियो सहित उक्त गीत सार्वजनिक भएको हो ।
राजनराज शिवाकोटी र रेखा ढुंगाना कटुवालको स्वर रहेको उक्त गीतमा राजेन्द्र थापाको शब्द रहेका छ । गीतमा संगीत पनि गायक शिवाकोटीले नै दिएका छन् । रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन शिब बिकले गरेका हुन् । भिडिओमा बालकलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ ।
भिडियो :