पथरीशनिश्चरेमा फुड बैक (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

पथरीशनिश्चरेमा फुड बैक (भिडियो सहित)

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा फुड बैकको स्थापना भएको छ । ‘हामी छौं त केवल एक अर्काको लागि छौं’ भन्ने नाराका साथ हाम्रो फाउण्डेसन, गरिमा अनलाईन, सि एम सी पथरीशनिश्चरे र प्रतिभा समाज सुधार युवा क्लवले उक्त अभियानको आयोजना गरेको हो । नगर भित्रका विपन्न परिवारका लागि फुड बैकले प्रति परिवार ५ के जि चामल, दाल नुन र तेल बितरण गरेको छ ।

लामो समयको लकडाउन र शिलका कारण मजदुर परिवारमा हातमुख जोड्न धौ धौ परेका कारण फुड बैँक सञ्चालन भएको हो । १२ गते शुक्रबार पथरीशनिश्चरेकी उपमेयर यमुना विष्ट बास्तोलाले फुड बैकको उद्धघाटन गर्नुभएको छ । फुड बैकमा नगरमा विभिन्न संघ संस्था र ब्यक्तीहरुले सहयोग गर्दै आएका छन ।दैनिक ज्यालामजदुरी गर्दै आएका परिवारमा समस्या नहोस भन्ने उदश्यले “हुनेले दिने नहुनेले लिने” भन्ने नाराका साथ फुड बैँक स्थापना गर्नु परेको हाम्रो फाउण्डेशनका संयोजक प्रदिप कुमार राईले बताए ।

फुड बैकले स्थापना गरिएको राहत प्याकेजले लामोसमय देखि लकडाउनका कारण हातमुख जोड्न समस्यामा रहेका निम्न बर्गका परिवारमा राहत पुगेको फुट बैकका सदस्य सुमन कुरुङवाङले बताए ।फुड बैक कार्यक्रमले पथरीशनिश्चरे वडा नं. १० मा रहेको भुटानी शरणार्थी शिविरमा रहेको परिवारमा ठुलो राहत पुगेको सि एम सि का कोर्डिनेटर राम कुमार बानियाले बताउनु भयो । बानियाले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीमा फुट बैक कार्यक्रममा सहयोग गर्दिन अनुरोध गरेका छन ।

हाम्रो फाउण्डेसन, गरिमा अनलाईन, सि एम सी पथरीशनिश्चरे र प्रतिभा समाज सुधार युवा क्लवले आयोजना गरेको फुड बैकमा नगरका विभिन्न संघ संस्था र ब्यनक्तीहरुले सहयोग गर्दै आएका छन । ७ दिन सम्म चल्ने फुड बैकको सुरु दिनमै सहयोगी मन जुटेका छन । क्यानडामा रहेका पथरीशनिश्चरेका मनिष सम्बाहाम्फेले सय केजि चामल र पुर्वेली होटलका संचालक नितन कार्कीले हजार पिस माक्स सहयोग गरेका छन ।

सम्बन्धित खवर