छथरको पर्यटकीय स्थलबारेमा अन्तरक्रिया - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

छथरको पर्यटकीय स्थलबारेमा अन्तरक्रिया

छथर गाउँपालिका अध्यक्ष सन्तवीर तिगेला

साइनो समाचारदाता

छथर तेह्रथुम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ ले छथर गाउँपालिकाका पर्यटकीय स्थलहरुको बारेमा अन्तरक्रिया गरेको छ ।

फागुन ८ गते सम्पन्न अन्तरक्रियामा छथर गाउँपालिका अध्यक्ष सन्तवीर तिगेला, फोनिज संघीय सचिव द्वय मिलन लिम्बु, कमन देवान, फोनिज संघीय सल्लाहकार सञ्जय सन्तोषी राई, फोनिज प्रदेश सल्लाहकार जनकऋषि राई, छथर गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकाल, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरु, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुले पालिकाको पर्यटकीय स्थलहरुको वारेमा चर्चा गरेको थिए । कार्यक्रममा छथरको बारेमा तयार परिएको डकुमेन्ट्ीको साथमा पालाम, च्यब्रुंग नाचसमेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रदेश नम्बर १ सय बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

फागुन ९ गते पालिकाले पर्यटकीय स्थलको अध्ययन अवलोकन भ्रमण गराएको थियो ।

गाउपालिका अध्यक्ष सन्तविर लिम्बुको संयोजकत्वमा शुक्रबारे बजार अवलोकन गरिदै सरसफाई तथा निर्माणका सामाग्री हटाउन आग्रह गरेका छन् । पर्यटन प्रर्बदन गर्ने उद्देश्यले छथर क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको अध्ययन भ्रमण तथा अवलोकन गराएको गाउपालिका प्रबक्ता राजन नेपालीले बताए । छथरमा चाङलुङ गुफा, सौरे डाडा, साततले धाम, तक्मीनाक्ला, मार्ग पोखरी, ताक्लुङ यक, थाक्चोलुङ तोपा माङहिम लगायत दर्जन बढी पर्यटकीय स्थल रहेको छ । फोनिजको भेला तथा भ्रमणले छथर गाउपालिकाको पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने आशा रहेको गाउपालिका अध्यक्ष लिम्बुले बताए ।

सम्बन्धित खवर