छथर गाउँपालिकाको १० उपलब्धि सार्वजनिक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

छथर गाउँपालिकाको १० उपलब्धि सार्वजनिक

साइनो समाचारदाता

तेह्रथुम । तेह्रथुमको छथर गाउँ कार्यपालिकाको कार्यालय शुक्रबारेले पालिकाले गरेको महत्वपुर्ण १० उपलब्धिहरु पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

शुक्रबार पालिकाका अध्यक्ष सन्तवीर लिम्बुले स्थानिय सरकारको पक्षमा द्धढताका साथ पैरवि गरिरहेको समेत जानकारी गराउँदै सो उपलब्धि सार्वजनिक गरेको हो । समृद्ध र सवल छथर गाउपालिका निर्माण गर्न जग वसाल्ने ऐतिहासिक अवसरका लागि सम्पूर्ण छथरवासीलाई पालिकाले आभार व्यक्त गरेको छ । छथर गाउपालिकाको परम्परागत पेशा, ब्यवसाय, कृषि, अन्य आर्थिक सामाजिक सास्कृतिक धार्मिक आस्थाहरुसग जोडिएका र पहिचानमा रहेको पर्यटकीय स्थलहरुलाई संरक्षण प्रवद्र्धन र ब्यवसायिकरण गरी छथरे जनताको जिविकामा सहज बनाउँदै समृद्ध छथर निर्माणको जग बसाल्ने थालनीको रुपमा निर्वाचित भएको मितिबाटै अनवरत रुपमा काम अध्यक्ष लिम्बुको भनाइ छ ।

छथर गाउपालिकाले खानेपानी कार्यक्रमलाई पहिलो उपलब्धि मानेको छ । ६ वटा वडाहरु मध्ये तमोरले छोएका वडाहरु डा न.ं ३,४ र ५ का सुख्खा ग्रस्त क्षेत्रमा चरम खानेपानिको अभाव थियो । सो अभावले बसाई सर्ने बाध्यात्मक परिस्थीतिको हल गर्दै तेलिया खानेपानी योजना, पहरे खानेपानी योजना संचालन भई तत्काल खानेपानी आपुर्ति भई रहेको र वडा न.ं ५ र ६ को हकमा ढाडखोला खानेपानी योजना संचालनको क्रममा रहेको र अन्य खानेपानि योजनाको ब्यावस्थापन गर्ने योजनालाई पहिलो उपलब्धि मानेको हो । पालिकाले विवाह, ब्रतबन्ध, सुध्याईलगायतको सामाजिक सामुहिक कार्यमा निःशुल्क ५ हजार लिटर पानि टयांकर मार्फत सेवा दिने कार्य थालनी पनि गरेको छ ।

गाउपालिकाको मुख्य सडक सिधुवा शुक्रवारे सडक वर्षातको समयमा सवारी साधन आवतजावत गर्न नसक्ने अवस्थामा थियो । बाह्रैमास सवारी साधन संचालन हुने अवस्थामा रहेको र कालोपत्रे सडक निर्माणका लागि टेण्डर भई कार्य प्रारम्भ भएको अवस्था छ । मापदण्डमा आधारीत सडकहरु वडा जोड्ने सडकहरुलाई अलवेदर बनाउने कार्य भईरहेको र गाउपालिका चक्रपथ निर्माण भईरहेको छ । पालिकाले सडकमा गरेको उपलब्धिलाई दोस्रो उपलब्धि ठानेको छ ।

महत्वपुर्ण १० उपलब्धि

१, छथर गाउपालिकाको ६ वटा वडाहरु मध्ये तमोरले छोएका वडाहरु व्डा न.ं ३,४ र ५ का सुख्खा ग्रस्त क्षेत्रमा चरम खानेपानिको अभावले बसाई सर्ने बाध्यात्मक परिस्थीतिको परिवेषमा आज तेलिया खानेपानी योजना,पहरे खानेपानी योजना संचालन भई तत्काल खानेपानी आपुर्ति भई रहेको र वडा न.ं ५ र ६ को हकमा ढाडखोला खानेपानी योजना संचालनको क्रममा रहेको र अन्य खानेपानि योजनाको ब्यावस्थापन गर्ने योजना रहेको साथै विवाह,ब्रतबन्ध,सुध्याई,लगायतको सामाजिक सामुहिक कार्यमा निशुल्क गाउपालिका बाट ५ हजार लिटर पानि टयांकर मार्फत सेवा दिने कार्य थालनी भएको छ ।

२, यस गाउपालिकाको मुख्य सडक सिधुवा शुक्रवारे सडक वर्षातको समयमा सवारी साधन आवतजावत गर्न नसक्ने अवस्थामा थियो आज सबै मौषममा सवारी साधन संचालन हुने अवस्थामा रहेको र कालोपत्रे सडक निर्माणका लागी टेण्डर भई कार्य प्रारम्भ भएको अवस्था छ । साथै मापदण्डमा आधारीत सडकहरु व्डा जोड्ने सडकहरुलाई अलवेदर बनाउने कार्य भईरहेको र गाउपालिका चक्रपथ निर्माण भईरहेको छ ।

३, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागी यस गाउपालिकाको सबै जनप्रतिनिधि,स्थानिय कर्मचारी, शिक्षकहरुले अनिवार्य सामुदायिक विद्यालयमा आफ्ना वालवालिका भर्ना गराउने नितिगत निर्णय गरी कार्यन्वय भई सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बृद्धी भएको र सबै माविहरुमा कम्फ्यूटर शिक्षकको ब्यावस्था गरी कम्फ्यूटर शिक्षा प्रवर्दन भएकोछ साथै छथर क्याम्पसमा गाउपालिका अध्यक्ष १ करोड अक्षयकोष स्थापना गरी क्याम्पसको दिगोपनाको योजना कार्यन्वयनमा रहेको जानकारी गराउछु ।

४, गाउपालिका आफैले स्वास्थ्य ऐन र नियमावलि जारी गरी १५ शैयाको छथर अस्पताल स्थापना गरी आवस्यक स्वास्थ्य कर्मिहरुको ब्यावस्थापन समेत गरीएको र यसको दिगोपनाका लागी संघिय र प्रदेश सरकार सग समन्वय भईरहेको छ साथै यसै आर्थिक वर्षमा स्वस्थ्य सेवा बाट टाढा रहेका २ वस्तीमा स्वास्थ्य कर्मि सहित सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरी सेवा प्रारम्भ भएको र गाउपालिकाको पहलमा १ स्थानमा बर्थिंग सेन्टर स्थापना गरी सेवा प्रारम्भ भएको छ ।

५, यस गाउपालिकाको पर्यटकीय स्थलहरु मर्घा पोखरी, हिन्दु धर्मावलम्बीहरुको एकै स्थानमा सबै देव स्थल रहेको र गौथलीको वासस्थान स्थल साततले धाम, पुर्वको पुरानो मालिंग गुम्बा, चाङ्गलुङ्ग गुफा, खेवा लिम्बुहरुको गढी तथा लिम्बुवानको पुरानो राजधानी ताक्लुङ्ग गढी, ढुंगा खोपेर बनेको हनुमान स्तम्भ, राष्टिय विभुति फागुनन्दले चिम्टा गाडेको स्थान थाक्चोलुङ्ग माङ्गहिम, खजुम लिम्बुहरुको गढी योमुई चङ्गखासिङ्ग गढी, बराह देवीको उद्गम स्थल पञ्चकन्या, लिम्बु जातिको हाक्पारे लयको उद्गम स्थल हाक्पारा, सावा लिम्बुजातीको गढी चङ्गसिङ्ग यक, हाङ्गमालुङ्ग, भ्यू पार्क, पिकनिक स्पोट, ब्लु स्काई मार्केट, शिवलयहरु, मन्दिरहरु, चर्चहरु, सास्कृतिक समुह प्रवर्दन तथा निर्माणका कार्य भईरहेका छन ।

६, कृषिको ब्यावसायिकरण तथा आधुनिकीकरण का लागी यसै आर्थिक वर्ष बाट गाउपालिका अध्यक्ष १ टोल १ उत्पादन कार्यक्रमका लागी ५० लाख बजेट ब्यावस्थापन गरी कार्यन्वयनमा रहेको र तरकारी ब्लग क्षेत्र, अकवरे खुर्सानी पकेट, सुन्तला पकेट, मकै वाली पकेट, दुग्ध पकेट, फलफुल पकेट क्षेत्र प्रवर्दन लगायतको कार्यक्रमलाई प्राथमिकताका साथ काम भईरहेको छ ।

७, अब्यवस्थीत बजार लाई ब्यावस्थीत बनाउन र लालपुर्जा विहिन बजारका घरधुरीहरुलाई लालपुर्जा वितरणका लागी भुमि ऐन जारी भएको र यसै .आर्थिक वर्षमा आयोग गठन गरी घर नम्वर वितरण र घर जग्गाको एकिन लगत राख्ने कार्य प्रारम्भ गर्ने योजना रहेको छ ।

८, गाउपालिकामा १ टोल १ विकास निर्माणको कार्य कार्यन्वयनमा रहेको साथै कार्यलय ब्यावस्थापनका र सबै सरकारी कार्यलयहरु प्रविधि मैत्रि बनाउने कार्य भईरहेको छ ।

९, नेपालमै पहिलो पटक छथर गाउपालिका सुन्य असुरक्षित गर्भपतन गाउपालिका घोषण भई ३ स्थान बाट बैधानिक रुपमा निशुल्क सेवा समेत नियमित भईरहेको छ ।

१०, यस गाउपालिकामा सेवामुखि निर्वाचितहरुको कार्यकाल भरी नियमिति संचालन हुने अभियानहरु देहाय बमोजिम रहेकोछ ।

-हरेक वर्ष जेष्ठ नागरीक घरदैलो उपचार कार्यक्रम ।

-हरेक वर्ष जेष्ठ नागरीकहरुलाई गाउपालिका साथी लौरो उपहार कार्यक्रम ।
-हरेक वर्ष गाउपालिका दन्त उपहार कार्यक्रम ।
-हरेक वर्ष अन्यत्र बाट बसाई सरी आउनेहरुलाई ब्यावसायिक अनुदान रु १ लाख देखि ५ लाख सम्म ।
-वर्षिक दिर्घ रोगी उपचार कार्यक्रम रु ५ हजार देखि २५ हजार सम्म ।
-वार्षिक गरीव गरधुरीलाई निलो जस्तापाता वितरण कार्यक्रम ।
-यस आ.व. बाट बैदेशिक रोजगार बाट फर्केका युवाहरुलाई ब्यावसायिक अनुदान साझेदारी कार्यक्रम ।
-वालमैत्रि स्थानिय शासन अभियान ।
-पुण सरसफाई युक्त गाउपालिका घोषणा अभियान ।

 

सम्बन्धित खवर