साइनो समाचारदाता
रुपन्देही । जिल्लाको सिद्धार्थ नगरपालिका ६ गल्लामण्डीमा च्यापिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
आफ्नै घरको सटरमा स्टोर गरिएको बोराको चाङ पल्टिएर भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रीमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो । उनीहरुको मृत शव प्रहरीले बिहीबार विहान फेला पारेको थियो । उनीहरु बोराका चाङले घेरिएको साँघुरो स्थानमा सुतिरहेको बेला निसास्सिएर मृत्यु भएको आशंका प्रहरीले गरेको छ । हुसेन परिवारले बिगत १५’२० बर्ष देखि कवाडीका बोरा जम्मा गर्ने र सिलाएर बिक्री बितरण गरेर जिविका चलाउँदै आएका थिए । शव पोस्टमोर्टमको लागि भैरहवास्थित भिम अस्पतालमा राखिएको छ ।