राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु

साइनो समाचारदाता

विराटनगर । राष्ट्रिय सभा सदस्यको निर्वाचन विहान १० वजेदेखि सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि भएको निर्वाचन ५ वजेसम्म जारी रहनेछ । त्यसपछि लगत्तै मतगणना हुनेछ ।

प्रदेश नम्बर १ को लागि मोरङको विराटनगर महानगरपालिका स्थित वीरेन्द्र सभागृहलाई मतदान स्थल तोकेको छ । अहिले धमाधम मतदान भइरहेको छ । प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाताले विराटनगरमा मत हाल्नेछन् ।

प्रदेश नम्बर २ मा पनि मतदान भैरहेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका स्थित महेन्द्रनारायण स्मृति भवनमा प्रदेश सभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २७२ गरी जम्मा ३७९ जनाले मत हाल्ने व्यवस्था गरिएको छ ।
बाग्मती प्रदेशको ललितपुर महानगरपालिकामा मतदान केन्द्र तोकिएको छ । सो केन्द्रमा प्रदेश नम्बर ३ को प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता गर्नेछन् ।

गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरामा मतदान भइरहेको छ । केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् ।

साथै प्रदेश नम्बर ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता सो केन्द्रमा मत हाल्ने क्रम जारी छ । कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन धमाधम भइरहेको छ । प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाताले सो केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

आयोगले सुदूरपश्चिम प्रदेशमा डोटीको सिलगढी नगरपालिकाको पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकिदिएको छ । केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाताले मतदान गर्दैछन् । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

चुनाबमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदूर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेको जनाए ।

सम्बन्धित खवर