भ्रमण वर्षका लागि जुट्यो प्रदेश १ सरकार  - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

भ्रमण वर्षका लागि जुट्यो प्रदेश १ सरकार 

साइनो समाचारदाता
विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को लागि प्रदेश नं १ सरकार जुटेको छ। सरकारले पर्यटन सद्भावना दूतमा दीपाश्री निरौला, हिमाल आरोही कामरिता शेर्पा, अल्ट्रा धाविका मिरा राईसहितलाई  नियुक्त समेत गरेको गरिसकेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै प्रदेश सरकारले उक्त कार्यक्रम उद्घाटन तथा अन्य कार्यक्रमबारे जानकारी दिएको हो । मन्त्रालयका सचिव सञ्जीवकुमार राईले  प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको विकास गर्न दीर्घकालीन योजना बनाउने तयारी गरिएको बताए । उनले पर्यटकीय गन्तव्यमा पुग्ने सडक, पदमार्ग लगायत पूर्वाधार निर्माणका लागि प्रदेश १ सरकारले १ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको बताए । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्राउने उद्देश्यको साथ तयारी थालिएको बताए ।  मुख्यमन्त्री संरक्षक, पर्यटनमन्त्री संयोजक र पर्यटन व्यवसायी राजन श्रेष्ठ सहसंयोजक रहेको पर्यटन प्रवद्र्धन समिति तथा १२ ओटा उपसमिति गठन गरिएको हो । नेपाल सरकारले घोषणा गरेका सय गन्तव्यहरूमा प्रदेश १ मा रहेका १६ गन्तव्यको प्रचारप्रसार गरिने मन्त्रालयले बताएको छ ।
पुस १६ गते अर्थात् जनवरी १ तारिखका दिन विराटनगरको शहीद मैदानमा भ्रमण वर्षका कार्यक्रमको भव्य रूपमा उद्घाटन गरिने मन्त्रालयले बताएको छ । उद्घाटनमा प्रदेश १ का विभिन्न जातजातिका झाँकी र नमूना पर्यटन गीत प्रस्तुत गरिनुका साथै सुरक्षा निकाय, विद्यार्थी लगायतले मार्चपास गर्ने प्रदेश १ पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले जानकारी दिए । प्रदेशका १ सय ३७ ओटा स्थानीय तहसँग समन्वय गर्दै १० हजार प्रदेशवासीको उपस्थितिमा भ्रमण वर्ष लक्षित कार्यक्रमको उद्घाटन गरिने उनले बताए ।

सम्बन्धित खवर