गोपाल काफ्ले पथरी/ मोरङको पथरीशनिश्चरेमा रहेको शान्ति सामुदायिक वनले बालउद्यान संचालनमा ल्याएको छ । १ करोडको लगानी हुने बाल उद्यानको गत शनिवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।
सामुदायीक वनको पार्कमा पिक्नीक स्पोट, बैगचा, जनावर र बोटिङको सुबिधा रहेकाले स्थानीय बालबालीका तथा शैक्षिक संस्थाबाट मनोरन्जन गर्न आउने गरेका छन । सामुदायीक बनले पहिलो चरणमा उद्यान भित्र रेल, पिङ, चिप्लीटी, मोटु पात्लुको स्ट्याचु, नैकापिङ र बोटिङ संचालनमा ल्याएको छ ।
सामुदायीक वनमा रहेको उद्यानमा उपभोक्ताको समेत लगानी रहेकाले पर्यटन प्रबधनमा टेवा पुग्ने आश राखिएको छ । आउदा दिनमा स्वमीङ पोखरी र बन संबन्धी अध्यायन केन्द्र खोलीने सामुदायीक वनको उदेश्य रहेको छ ।
पथरीशनिश्चरे आसपास नजिकै कहि कतै बालबालीकाको मनोरन्जन स्थल नभएपछि शान्ति साकुदायीक वनले उद्यान सुरु गरेको सामुदायी वनका अध्यक्ष केवि गुरुङले बताए ।
सामुदायीक बनको उक्त कार्यले काठदाउराको अलवा मनोरन्जन प्रदान गरि आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।