के युकेमा प्रदर्शन हुँदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

के युकेमा प्रदर्शन हुँदै

साइनो समचारदाता

पान्थर । लिम्बू समुदायको सांस्कृतिकमूलक फिल्म ‘केः’ युकेमा प्रदर्शन हुने भएको छ । यही अक्टोबर 12 का दिन ASHFORD CENTREPIECE CHURCH HALL, 28 BANK STREET, TOWN CENTRE, ASHFORD, KENTमा विशेष प्रदर्शन हुन लागेको हो । हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाति फिल्म फेस्टिवल–२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई युके निवासी नेपालीहरुले त्यहाँ प्रदर्शन गर्न लागेको हो ।

सागर केरुङ निर्देशित फिल्म ‘केः’मा संस्कृति बाजा ‘केः’ अर्थात् च्याबु्रङ बनाउन अनिवार्य चाहिने गाई–गोरुको छाला र राज्यले गाई–गोरु मार्न प्रतिबन्धित कानूनी प्रावधानबीच अन्तरद्वन्द्वलाई समेटिएको छ । निर्देशक केरुङकै लेखक रहेको यो फिल्म याक्थुङ फिल्मस प्रा.लि.को लागि टाइसन केरुङले निर्माण गरेका हुन् । फिल्ममा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाँकन र प्रेम पन्दाकको संगीत रहेको छ । फिल्म ‘केः’मा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

सम्बन्धित खवर