हिमालय फेस्टिवल र मिस भुटान यूएस हुँदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

हिमालय फेस्टिवल र मिस भुटान यूएस हुँदै

साइनो समचारदाता

पेन्सिलभेनिया (अमेरिका)। अमेरिकामा बसोबास गर्ने नेपालीहरूको चर्चित एवं भब्य कार्यक्रम ‘हिमालयन फेस्टिवल’ जुलाई महिनाको अन्तिम साता हुने भएको छ ।

हिमालयन फेस्टिवलको छैटौं संस्करण जुलाई २७ र २८ तारिखमा पेन्सिलभेनियाको पिट्सवर्गमा हुने निश्चित भएको हो । अमेरिकामा बसोबास गर्ने नेपाली भाषी सबैलाई एक ठाउँमा गर्न सफल हुँदै आएको हिमालयन फेस्टिवल यो बर्ष पनि भब्यताका साथ आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ । नेपाली तथा भुटानी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिलाई संरक्षणमा गर्ने हेतुले हिमालयन फेस्टिवल हुन लागेका हो । हिमालय देशहरुको संस्कृति, संस्कार, खेलकुद, कला अनि प्रतिभाहरुलाई अमेरिकामा प्रस्तुत गर्ने एउटा विशेष कार्यक्रम पनि हो, हिमालयन फेस्टिवल । विभिन्न विधाका कार्यक्रमको साथ हरेक वर्ष आयोजना हुने सो कार्यक्रमले अमेरिकामा नेपाली भाषा शैलीलाई जोगाइ राखेर हरेक नेपाली भाषीहरु अन्य अमेरिकी समाजसंग एकतामा रहेर पहिचानसहित जीवन बाच्नुपर्छ भन्ने सन्देश पनि दिइरहेको हुन्छ । सन् २०१४ देखि हरेक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ । हिमालयन फेस्टिबल अन्तर्गत आयोजना हुने धेरै कार्यक्रमहरु मध्ये अमेरिकामा रहेका १७ देखि २८ वर्षका भुटानी युवतीहरुको लागि आयोजना हुने ‘मिस भुटान यूएसए’ पनि एउटा प्रमुख आकर्षक कार्यक्रम रहेको छ । मिस भुटान यूएसए प्रतियोगिता प्रति अमेरिकामा रहेका धेरै नेपाली भाषी युवा युवतीहरुको आकर्षण रहेको पाइन्छ । सन् २०१४ मा टेक्सास राज्यबाट सुरु भएको हिमालयन फेस्टिवल अमेरिकाको टेंनीसी, ओहायो, कोलबस, पेन्सिल्भेनियालगायतका स्थानमा कार्यक्रम सम्पनन गरिसकेको छ ।

मिस भुटान यूएसए प्रतियोगिताको लागि यो बर्ष नेपालकी चर्चित नायिका तथा पूर्व मिस नेपाल मेलिना जोशी अमेरिका आउदैछिन् । मिस भुटान यूएसएका प्रतियोगीहरुलाई मिस नेपाल मेलिना जोशीले कोरियोग्राफी गर्नेछिन् । साथै मिस भुटान यूएसएको फाइनल दिन तथा हिमालयन फेस्टिवलमा साँगीतिक माहोललाई तताउन नेपाल आईडलका फाईनलिस्ट प्रताप दास र केन्जल मेहर श्रेष्ठ पनि अमेरिका आउदैछन । आयोजककाअनुसार मिस भुटान यूएसएको फाइनल हेर्न तथा हिमालय फेस्टिवलमा सहभागी हुन अमेरिकाको विभिन्न राज्य तथा सिटीहरुबाट नेपाली तथा भुटानीहरु ठूलो संख्यामा उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ ।

सम्बन्धित खवर