भूमि पुजा गर्दै सकियो जातिरी/ सिर्जात पर्ब (२८ तस्वीर) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

भूमि पुजा गर्दै सकियो जातिरी/ सिर्जात पर्ब (२८ तस्वीर)

‘संविधानमा लेख्दैमा धर्म, संस्कार र संस्कृतिको जगेर्ना हुदैन’ उपसभामुख तुम्बाहाम्फे

साइनो समचारदाता

उर्लाबारी । प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समाज परिवर्तनका लागि सबै जाति र धर्मबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएकी छिन् ।

सोमबार मोरङको उर्लाबारी नगरपालिका–३ स्थित धिमाल जातीय विकास केन्द्रले जातिरी÷ सिर्जात समापन तथा साँस्कृतिक कार्यक्रमको अवसरमा बोल्दै उपसभामुख तुम्बाहाम्फेले आफ्नो धर्म संस्कार मात्र होईन अन्य जातिको संस्कार संस्कृतिलाई पनि सम्मान् गर्नुपर्ने जोड दिइन् । उपसभामुख तुम्बाहाम्फेले नेपालको संविधानको मौलिक हकमा सबै धर्म र संस्कारको जगेर्ना गर्नुपर्ने कुरा उल्लेख भएकाले सरकार सबै धर्म र संस्कार संस्कृतिको जगेर्ना र प्रबद्र्धनमा लाग्नुपर्ने बताइन् ।

संबिधानमा उल्लेख हुँदैमा आफ्नो धर्म, संस्कार र संस्कृतिको जगेर्ना नहुने उल्लेख गर्दै उनले सबैले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताइन् । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले धिमाल समुदायको विकास र प्रबद्र्धनका लागि नगरपालिका तयार रहेको बताए । उनले आगामी वर्षको बजेटमा समुदायको जगेर्ना र उत्थानका लागि सम्बोधन गर्ने प्रतिबद्धता जनाए । केन्द्रका अध्यक्ष तेजबहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जातिबाट पहिलो पटक विद्या वारिधि गरेका पथरीशनिश्चरे नगरपालिकाका सोमबहादुर धिमाललगयातलाई सम्मान् गरिएको छ ।

यस्तै धिमाल समुदायबाट खेलकुद, शैक्षिक, कला लगायतका क्षेत्रमा योगदान पुर्याउने एक दर्जन बढीलाई सम्मान् गरिएको थियो । धिमाल जाति पूर्वी नेपालको प्रदेश नंं १ मा बसोबास गर्दै आएको एक प्राचीन आदिवासी हुन् । मुख्य रुपमा झापा मोरङ र सुनसरीमा मोरङमा बस्दै आएका धिमालहरुको जनसंख्या ५० हजार भन्दा बढी धिमाल रहेको संबिधानसभा सदस्य पर्तमान धिमालले बताए । बैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले पर्व मनाउदै आएका थिए । धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुने गर्दछ ।

ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस, शोक नपरोस र सुख शान्ति छाओस भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमाल बताए । यो पर्व धिमालका प्रदेश न १ का ९८ वटा भन्दा बढी टोलमा मनाइने गरिएको छ । गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । पर्वको अवसरमा मोरङका उर्लाबारी, पथरीशनिश्चरे बेलबारी नगरपालिका तथा कानेपोखरी गाउँपालिका र झापाको दमक नगरपालिकाले स्थानीय सार्वजनिक विदा समेत दिएका छन् ।

 

 

सम्बन्धित खवर