साइनो समचारदाता
केराबारी । उत्तरी मोरङको केराबारी गाउँपालिका (२,सिंहदेवीमा पर्ने पर्यटकीय स्थान जेफालेको फेदीमा नयाँ वर्ष २०७६ को अवसर पारेर पर्यटन मेला, भलिबल प्रतियोगिता तथा जेफाले साहित्यिक कार्यक्रम हुने भएको छ ।
पर्यटन मेला, भलिबल प्रतियोगिताको उद्घाटन पश्चात् बैशाख २ गते जेफाले साहित्यिक रचना वाचन कार्यक्रम गरिने भएको आयोजक कमिटीका अध्यक्ष भीम ठकुरीले बताए । कार्यक्रममा कविता तर्फ राष्ट्रिय स्तरका कविहरु सुदीप पाख्रीन, कवि राज माङ्लाक, कवि हेमन यात्री र कवि तथा समालोचक मुनाराज शेर्मा आफ्ना कविता मार्फत् प्रस्तुत हुनेछन् भने गजल तर्फ जीवी गजल र युवराज ठकुरी “अज्ञानी”र सन्देश तुम्बापोको प्रस्तुति रहने छ । त्यसै गरि अन्य उपस्थित स्रष्टाहरुले पनि जेफालेमा साहित्यिक रचना वाचन गर्ने आयोजक समितिका सदस्य विपन राईले बताए । पर्यटन सँग साहित्य जोडेर पर्यटकीय स्थानको विकासमा टेवा र्पुयाउने अभिप्रायका साथ जेफाले साहित्यिक रचना वाचनको कार्यक्रम आयोजना गरिएको २नं. वडाका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले बताए ।
पर्यटन मेलामा साहित्य वाचन संगै नकाउट भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५११११र (कप,मेडल र प्रमाणपत्र ,दोस्रो हुनेले रु२५५५५र (कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने खेलकुद समितिका अध्यक्ष देवी लिम्बूले बताए । उक्त कार्यक्रमको प्रायोजक केराबारी गाउँपालिका(२नं. वडा कार्यालय रहेको छ ।