मिस धिमाल उपाधि उर्लाबारीकी निमालाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

मिस धिमाल उपाधि उर्लाबारीकी निमालाई


साइनो समचारदाता
उर्लाबारी । धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विद्यार्थी मन्चको आयोजनामा भएको मिस धिमाल २०१९ को उपाधि उर्लाबारी स्थित आम्बारीकी निमा धिमालले जितेकी छिन् ।


अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतीहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले गरिएको मिस धिमाल २०१९ शुक्रबार उर्लाबारी ८ अठियाबारी स्थित न्यू भिजन एकाडेमीको प्राङगणमा सम्पन्न भएको थियो । फिनालेमा निमाले १९ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उनलाई मिस धिमाल २०११ कि विजेता अनु धिमालले ताज पहिर्याएकी थिइन् । विजेताले ताज सहित नगद १ लाख रुपैया प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगीताको फस्ट रनरअप बिर्तामोडकी प्रतिमा धिमाल भइन् । उनले ताजसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन भने सेकेन्ड रनरअप बेलबारीकी रविना धिमाल भईन् । उनले ताज सहित नगद ३५ हजार प्राप्त गरिन् । त्यस्तै सब टाइटलहरुमा मिस एक्टिभ सृजना धिमाल, मिस क्याटवक निशा धिमाल, मिस फोटोजेनिक एलिना धिमाल, मिस डिसिप्लिन अनिशा धिमाल, मिस चार्मिङ लक्ष्मी धिमाल, मिस पर्सनालिटि प्रतिमा धिमाल, मिस बेष्ट फिगर अनुसा धिमाल, मिस फ्रेन्डसिप निमा धिमाल, मिस पब्लिक च्वाईस सुजता धिमाल, मिस ट्यालेन्ट निशा धिमाल भएका थिए भने प्रत्येकले नगद १० हजार प्रदान गरिएको आयोजक समितिले जानकारी गराए । कार्यक्रमको सभापति धिमाल विद्यार्थी मन्चका महासचिव एवम मिस धिमाल २०१९ का संयोजक सुनिल धिमालले गरेका थिए ।
प्रमुख अतिथि प्रदेश नम्बर १ का संसद कुलप्रसाद साम्बा, विशिष्ट अतिथिमा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमाल रहेका थिए भने अतिथिहरुमा विभिन्न ठाउँबाट आमन्त्रित व्यक्तिहरु र स्थानिय व्यापारी, समाजसेवी, बुद्धिजिवि, संघसंस्थाका व्यक्तिहरु रहेका थिए ।

सम्बन्धित खवर