मन्त्री अधिकारीसहित मायममा हेलिकप्टर दुर्घटना हुँदा ७ को मृत्यु(यस्तो छ मन्त्री अधिकारीको औपचारिक कार्यक्रमको अन्तिम ) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

मन्त्री अधिकारीसहित मायममा हेलिकप्टर दुर्घटना हुँदा ७ को मृत्यु(यस्तो छ मन्त्री अधिकारीको औपचारिक कार्यक्रमको अन्तिम )

तेह्रथुममा भएको कार्यक्रममा मन्त्री अधिकारी लगायत । तस्वीरःविजयबोध लावती ।

साइनो समचारदाता
ताप्लेजुङ । एयर डाइनेष्टीको हेलिकोप्टर बुधबार दुर्घटना हुँदा सात जनाको मृत्युभएको छ ।

दुर्घटना हुन अघि तेह्रथुममा अवतरित हेलिकप्टर . तस्वीरःविजयबोध लावती ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रभाकर केसी, युवराज दाहाल, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ, धु्रबदास भोछिभोय र अर्जुन घिमिरेको मृत्यु भएको हो ।

युवराज दाहाल

युवराज दाहाल दमक नगरपालिका (झापा) का पूर्व कार्यकारी अधिकृत, प्रधानमन्त्री केपी ओलीका निजी सचिव एवम् प्रधानमन्त्री कार्यालयका उपसचिव हुन् । आङ्छिरिङ शेमा यति एयरलाइन्सका मालिक तथा पर्यटन व्यवसायी हुन् । वीरेन्द्रप्रसाद श्रेष्ठ नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक हुन् । अर्जुन घिमिरे मन्त्री अधिकारीका निजी अंगरक्षक हुन् ।

प्रभाकर केसी

प्रभाकर केसी हेलिकप्टरका क्याप्टेन हुन् । भोछिभोय प्राधिकरणका निर्देशक हुन् । उनीहरु मध्ये मन्त्री अधिकारी र भोछिभोयबाहेकको शव पहिचान गर्न नसकिएको अवस्थामा रहेको गृह प्रबक्ता रामकृष्ण सुबेदीले जनाएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।

पत्रकार विजयबोध लावती र मन्त्री अधिकारीको सेल्फी ।

दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । फुङ्लिङ–१० मायम सिरानमा पर्ने सो स्थान ताप्लेजुङको सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरी पर्छ । साँढे १ वजे दुर्घटना भएको वताइएको छ । अहिले पानी र कुहिरो लागिरहेको फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले जनाए ।
ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले दुर्घटनाबाट पूर्ण विवरण आउन बाँकी रहेको जानकारी गराइन् ।
टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट बुधबार बिहान ८ बजे गएको थियो ।१० बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १२/१४ मिनेटजति कार्यक्रमलाई सम्बोधन गरे।  एयरपोर्ट अवलोकन सकेर टोलीले पाथीभरा दर्शन गरेका थिए । दर्शन गरेपछि दुर्घटना भएको थियो ।

सम्बन्धित खवर