‘लगानी पनि उठ्ने सुनिश्चित नै छ ।’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

‘लगानी पनि उठ्ने सुनिश्चित नै छ ।’

हिमाल कडरिया, निर्माता (रातो गलबन्दी)
मनिषमा फिल्म प्रा.लि.द्वारा निर्मित ‘रातो गलबन्दी’का निर्माता हुन् हिमाल कडरिया । उनले यो फिल्म १ करोडको लगानीमा निर्माण गरिरहेका छन् । झापा, मोरङ र इलामका विभिन्न रमणीय स्थलमा धमाधम फिल्म सुटिङ भइरहेको छ । मुख्य कलाकारका रुपमा कोसिश क्षेत्री, बुद्धी तामाङ, केकी अधिकारी र हेमन्त बुढाथोको रहेका छन् । कथा र एउटा गीतको शब्द स्वय्म निर्माता कडरियाले नै लेखेका हुन् । यस फिल्मको पाश्र्व गायकमा रुपमा राजेश पायल राई, उत्तमजङ्ग लावती र नायक कोशिस क्षेत्री रहेका छन् । संगीत बिनोद खम्बुले गरेका छन् । यो फिल्मको गीतको शब्द उत्तमजङ्ग लावतीले पनि लेखेका छन् । अनिष थापाले निर्देशन गरेको यो फिल्ममा, सुमन योञ्जनले खिचेका हुन् । प्रस्तुत छ यस फिल्मको सन्दर्भमा फिल्मका निर्माता कडरियासँग गरिएका गफगाफः–

आजकाल दिनचर्या कसरी विताइरहनु भएको छ ?
– हेर्नुहोस् । मेरो दिनचर्या भन्नुपर्दा खासमा माघ–६ बाट ‘रातो गलबन्दी’ फिल्म छायाङ्कन गरिदैछ । त्यसमा पनि रातोदिन नभनिकन यो फिल्म कसरी राम्रो बनाउन सकिन्छ भनेर नै जुटिरहेको छु । त्यसमा फिल्म लाइनमा हात हालेको छु । कसरी राम्रो बनाउने ध्यानमा छु, त्यसैले मेरा दिनचर्या अति नै व्यस्त भएर बित्छ ।

यो फिल्मको ‘रातो गलबन्दी’ राख्नुको कारण के हो ?
– ‘रातो’ भनेको क्रान्तिको प्रतीक हो । ‘गलबन्दी’ भनेको जाडो छल्ने एक प्रकारको कपडा हो । जुन चाहि भुटानमा बसेर क्रान्ति गर्दा गाँस–वास कपास खोसिए पछि शरणार्थी भएर आउँदा गलबन्दीको भूमिका नेपाल सरकारले आश्रय दिएर भूमिका निर्वाह गरेकाले पनि ‘रातो गलबन्दी’ राख्नुको प्रमुख कारण हो ।

यो फिल्म कस्तो खालको हो ?
– यो नितान्त नेपाली भाषामा रहेको, प्रेम कथामा आधारित समसामयिक चलचित्र हो । यो चलचित्र भुटानी शरणार्थीका कथामा आधारित रहेर उनीहरुका दुःख, पीर–पीडा र वेदनालाई समेटिएर बनाइएको चलचित्र हो ।

तपाईँले पूर्वाञ्चलका अधिकांश कलाकारले नै यस फिल्ममा राख्नुको कारण चाहिँ के होला ?
– धेरैजसो, यो मेरो लगानीमा रहेको फिल्ममा स्थानीय कलाकारहरुलाई मौका प्रदान गरेको छु वहाँहरुले सकेसम्म राम्रो प्रस्तुति गर्न भएको छ । त्यसमा पनि स्थानीयलाई सम्बर्दन गर्ने हेतुले, स्थानीय कलाकारहरलाई बढावा दिन पनि मैले प्रयत्न गरेको छु । अहिलेको टिमबाट म खुसी नै छु । भोलिका दिनमा वहाँहरुबाट म धेरै आशावादी छु ।

अहिले नेपालमा साह्रै धेरै फिल्म बनाउने होडबाजी चलिरहेको अवस्था छ, यसमा लगानी उठाउन कतिको सहज होला त् ?
– सबै नेपाली चलचित्रले लगानी उठाउनु भनेको चाहिँ ‘समुन्द्रमा एउटा ढुङगा हान्नु बराबर हो ।’ सम्भवतः यो मेरो चलचित्र रमाइलो र पैसाको लागि नभएर, भुटानी शरणार्थीहरुको इतिहाँसमा केन्द्रित छ । उनीहरुले भोगेको पीडा, दुःख, सुख र देश छोड्नु परेको वेदनामा जो चाहिँ चलचित्रको माध्यमबाट सम्पूर्ण दर्शकहरुलाई सन्देश प्रवाह गर्ने हो । दर्शकहरुले देश विदेशबाट माया गरिदिनु भयो भनि मेरो लगानी पनि उठ्ने सुनिश्चित नै छ ।

अहिले नेपालमा नेपाली फिल्मको अवस्था चाहिँ कस्तो छ ?
– पहिलेको तुलनामा अहिले नेपाली चलचित्र गुणस्तरीयता अत्यन्त राम्रो छ । आधुनिक युगसँगै प्रविधिमा धेरै विकास भएको अवस्था छ । त्यसैले, प्रविधिसँगै धेरै स्तरीय फिल्महरु बनेका छन् । त्यसैले मेरो विश्लेषणमा नेपाली फिल्मको अवस्था भनेको बलिउडभन्दा राम्रो र समृद्ध रहेको छ ।

यत्रो लगानी गरेर चलचित्र बनाउनु भयो ? तपाईलाई कतिको सजिलो भएको छ त ?
– म निर्माता भएतापनि, स्थानीय साथीहरुबाट नै सहयोग पाइरहेको छु । मलाई त्यति खासै गाह्रो भएको छैन । जाडो मौसम भएकाले, इलामतिर कहिले कुहिरोको छायाङ्कन प्रक्रियामा निकै गाह्रो भइरहेको छ ।

यो फिल्मको रिलिज कहिले गर्दै हुनुहुन्छ ?
– माघ ६ गतेबाट छायाङ्कन गरिएको हो । रिलिज छ महिनाभित्र गरिन्छ ।

–प्रस्तुतिः भूमिप्रसाद पाठक

सम्बन्धित खवर