पर्यटन सूचना केन्द्रको भवन शिलान्यास - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

पर्यटन सूचना केन्द्रको भवन शिलान्यास


साइनो समचारदाता
पान्थर । जिल्लाको याङवरक गाउँपालिका २ स्थित फलैचामा पर्यटन सूचना केन्द्र तथा साँस्कृतिक संग्राहलय स्थापना गर्नका लागि निर्माण गर्न लागिएको भवनको आइतबार एक कार्यक्रमकाबीच शिलान्यास भएको छ ।


याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले सो भवनको शिलान्यास गरेकी हुन् । बेघा थोबोजुमको अगुवाईमा निर्माण हुने भवनमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी सूचना केन्द्र स्थापना गरिनुका साथै स्थानीय समुदायको संस्कृति झल्कने साँस्कृतिक संग्रालय समेत स्थापना गरिने संस्थाका महासचिव मंगल बेघाले बताए । कार्यक्रममा प्रमुख अतिथि योङहाङले राज्यले गर्नु पर्ने काम संस्थाले गरेको भन्दै पालिकाको तर्फवाट सहयोग गर्ने बताइन् । यसैगरी, याङवरक गाउँपालिकाका वडा नं. १ र २ का अध्यक्ष क्रमशः मोहन ढुंगेल र देउकुमार योङहाङले संस्थाले लिएको योजनावाट सो क्षेत्रको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने आशा व्यक्त गरेका छन् । उनीहरुले समेत भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरका उपाध्यक्ष भक्त श्रेष्ठले राज्यले आदिवासी जनजातिहरुका साँस्कृतिक सम्पदाहरुको संरक्षण सम्बद्धनमा ध्यान पु¥याउन नसकेको भन्दै यी क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गरे ।

यसैगरी, किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङले आदिवासी जनजातिहरुको संस्कृतिको संरक्षण सम्बद्धनमा स्यम ती समुदायको सशक्तिकरण र राज्यको सहयोग खाँचो रहेको औल्याए । उनले सूचना केन्द्र र संग्राहलयको स्थापना भएपछि सो क्षेत्रका सवै समुदायले त्यसको लाभ लिन सक्ने भन्दै सवैलाई सहयोग गर्न आग्रह गरे । स्थानीय समाजसेवी विश्वेश्वर बेघाले बेघाले पर्यटकीय संभावना बोकेका क्षेत्रहरुको प्रवद्धन गर्न सवैले हातेमालो गर्नु पर्नेमा जोड दिए ।
भवन निर्माणका लागि आवश्यक घडेरी खरिद गर्न विर्तामोड झापा निवासी ददिराम बेघा र धर्मलक्ष्मी बेघाले एक रोपनी जग्घाको मूल्य रु ६ लाख सहयोग गर्नु भएको सो संस्थाका कोषाध्यक्ष शान्तप्रसाद बेघाले बताए । उनका अनुसार करिब एक करोडको लागतमा निर्माण हुने भवन समुदायको लगानी र विभिन्न दातृ निकायहरुवाट सहयोग जुटाईनेछ । कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने स्थानीय भूपू सैनिक दिलबहादुर बेघालाई सम्मान गरिएको थियो । बेघा थोबोजुमका अध्यक्ष मचिन्द्रप्रसाद बेघाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।
घाईतेलाई सहयोग हस्तान्तरण
विद्युती प्रशारण लाईनमा रहेको अवरोध हटाउने क्रममा करेन्ट लागेर घाईते भएका याङवरक गाउँपालिकाका २९ वर्षिय रमेश बेघालाई सोही कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको छ ।


संस्थाको तर्फवाट कार्यक्रमका प्रमुख अतिथि याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले घाईतेका बुबा देउमान बेघालाई रु २० हजार हस्तान्तरण गरे । स्थानीय हरिहृदुलय जलविद्युतको प्रशारण लाईनमा रहेको अवरोध हटाउने क्रममा पौष २२ गते करेन्ट लागी लडेर बेघा घाईते भएका थिए । मेरुदण्ड भाँचिएका विरामीको विर्तामोड स्थित वि एण्ड सि हस्पिटलमा उपचार भईरहेको छ । हालसम्म उपचारमा ६ लाख भन्दा वढी सकिएको र आफ्नो आर्थिक अवस्थाले थप उपचार गर्न असंभव भएपछि विभिन्न संघ संस्था र व्यक्तिहरुलाई आग्रह गरिएको विरामीका बुबा देउमानले बताए । विरामीको निवेदन र कमजोर आर्थिक अवस्था अनुसार देश विदेशमा रहेका सहयोगीहरुलाई आर्थिक सहयोग गर्न संस्थाको तर्फवाट अपिल जारी गरिएको बेघा थोबोजुमका महासचिव मंगल बेघाले जानकारी दिए । रकम संकलन भएपछि थप सहयोग हस्तान्तरण गरिने उनले जानकारी दिए ।

सम्बन्धित खवर